समाचार

सचिवालय बैठक बोलाउने जिम्मा महासचिव विष्णु पौडेललाई-GoodNews24

Gobal IME Bank

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन तयार भएका छन् ।ओलीले महासचिव विष्णुप्रसाद पौडेललाई बैठक बोलाउने जिम्मा दिएका छन् । पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठक रोकिएको छ । नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्य प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बोलाउन आग्रहसहित लिखित पत्र नै ओलीलाई बुझाएका छन् । कात्तिक २३ मा बालुवाटार पुगेर बैठक बोलाउन माग गर्दै पत्र बुझाएका थिए ।
उच्च स्रोतका अनुसार, आफू निकट नेताहरुको समेत दबाव आएपछि ओली पनि बैठक बोलाउन तयार भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button