मुख्य समाचारसमाचारसूचना प्रविधि

आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर मात्र प्रयोग गर्नुहोस्- नेपाल टेलिकम

Gobal IME Bank

काठमाडौं । डिजिटल गतिविधिमा सिमको प्रयोग बढिरहेकाले ग्राहकहरुलाई आफ्नै नाममा दर्ता भएको सिम (मोबाइल नम्बर) मात्रै प्रयोग गर्न नेपाल टेलिकमले आग्रह गरेको छ ।

आफ्नै नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ्ग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम हुन्छ ।

त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमले जनाएको छ ।

‘यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहकमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ,’ कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको हो ।

टेलिकमले मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित बनाउन र सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड) को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन पनि अनुरोध गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button