Grace Computer Jawalakhel
मनोरञ्जनसूचना प्रविधि

तनहुँको बन्दीपुरमा १ वर्ष भित्रै केवलकार

तनहुँको बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत गाउँपालिकामा एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्र गति लिएको र अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको जानकारी परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले दिएका छन् ।

एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित लागत रु १८ करोड ५५ लाख लगाइएको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा भवन निर्माण भइरहेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको रु एक अर्ब ५६ करोड कूललागत भएको सो परियोजना पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको हो।

केबुलकारको माथिल्लो स्टेशनमा रु ८२ करोडको लागतमा निर्माण हुने दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिएका छन् । “होटलसहितको भवन निर्माणका लागि भर्खरै मात्र नक्सा पास सम्पन्न भइ सकेको र यसलाई पनि छिटै निर्माणको चरणमा लगिने भएको छ ।

पाँच सय क्षमताको सभाहलसहित उक्त भवन निर्माण गरिनेछ । प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ ।

केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् । कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने स्थानीयको जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । बन्दीपुर गाउँपालिकाले रु ५० लाख शेयर लगानी गर्ने भएको छ भने केबुलकार निर्माणका लागि स्थानीयवासीबाट करिब रु तीन करोड शेयर सङ्कलन भएको छ। परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ।

उक्त केवलकारले ठूल्ढुङ्गास्वाँरा र बरालथोकलाइ जोड्ने छ । १ किलोमिटर, छ सय मिटर लामो यात्रा तय गर्ने केबुलकारबाट १ घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । यो केवलकार एशियाकै ठूलो हुने दाबी गरिएको छ साथै विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँरादेखि शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म मनोरम दृश्यका साथ पुग्नेछ । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्ने बाटो केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button