गुड न्यूज 24मुख्य समाचारसमाचार

कार्बोन नेगेटिभ राष्ट्र: भुटान

Gobal IME Bank

एजेन्सी । भुटान विश्वको पहिलो कार्बोन नेगेटिभ राष्ट्र हो । कार्बोन नेगेटिभ मात्र नभई भुटान सबै भन्दा खुसी र हरियो राष्ट्रको रुपमा विश्वभर चिनिन्छ । यो राष्ट्रको ७० प्रतिशत भु भाग हरियो र घना जंगलले भरिएको छ । यसकारण यसले उत्पादन गर्ने कार्बोनडाइअक्साइड भन्दा बढि मात्रामा कार्बोनडाइअक्साइड सोस्न सक्छ ।

गत ५० वर्ष देखि भुटानिज सरकारले ग्रोस प्रडक्ट उत्पादन मापन गर्ने र ग्रोस नेशनल ह्यापिनेस अर्थात राष्ट्रको भौतिक उत्पादन र जनजातिकको भावनात्मक , अध्यात्मिक, मानसिक र वातावरणिय स्थिरतालाई कायम राख्नु र आवश्यकताहरुलाई पुरा गर्न केन्द्रित रहने गरेको छ । जिएनएच (ग्रोस नेशनल ह्यापिनेस) को सुरुवात र परिचय भुटानको चौथो राजाले सन् १९७५ मा गर्नु भएको थियो । यो दर्शनशास्त्र अथवा फिलोसोफिले मानव समाजको वृद्धि र विकास भौतिक र आध्यात्मिक विकास सन्तुलित रुपमा गर्दा हुने र मानव समाजलाई बलियो बनाउँछ भन्ने कुरामा आधारित रहेको छ ।

भुटान राज्य दक्षीण एसियाको पुर्विय हिमालय क्षेत्रमा रहेको छ । यो राष्ट्र चिन र भारतको सिमानासँग जोडिएको सानो तर निकै खुसी राष्ट्र हो । यहाँको जंगलले ७० प्रतिशत भुभाग ओगटेको छ जसको कारणले गर्दा यसले प्राकृतिक कार्बोन सिंकको काम गर्छ र कार्बोनडाई अक्साइडलाई कब्जा गरि सोस्ने काम गर्छ ।

सन् २०१७ को रिसर्चमा देखाइए अनुसार भुटानले २.२ मिलियन कार्बोनडाइअक्साइड जेनेरेट गर्छ र यहाँको जंगलमा यसको तिन गुण बढि कार्बोनडाअक्साइड सोस्न सक्ने क्षमता रहेको कुरा पनि रिसर्चमा देखाइएको थियो । भुटान नेगेटिभ कार्बोनडाइअक्साइड उल्सर्जन गर्ने राष्ट्र कसरी बन्यो ? भुटानको विधानमा प्रष्ट सँग उल्लेख गरिएको छ कि भुटानको कमसेकम ६० प्रतिशत भुभाग जंगलले ओगटेको हुनु पर्छ । यो राष्ट्रको आधा भन्दा बढि भु भाग जंगलले ओगटेको छ र यहाँ राष्ट्रिय वन रुपमा प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षा गरिएको छ । सुरक्षा गरिएको क्षेत्र भित्र बसोबास गर्ने जनजातिको लागि सरकारले राम्रो अवस्थामा रखेर जंगलको सुरक्षा पनि गरेको छ ।

राष्ट्रिय स्रोत सुरक्षा गर्ने अभियान जस्तै सफा भुटान र हरियो भुटान निकै सक्रिय छन । भुटानले आफ्नो राष्ट्रको कृषकहरुलाई फ्रि विद्युत प्रदान गर्छ यसको कारणले दाउरा बाल्दा उत्पादन हुने कार्बोनडाइअक्साइड कम भएको छ । यो राष्ट्रले विद्युत उत्पादनको लागि नदिको प्रयोग गर्ने गर्छ र यी नदिहरुले रिन्युएबल र सफा विद्युत उत्पादन गर्छ । यो राष्ट्रले हाइड्रोपावरको प्रयोग गरि विद्युत उत्पादन गर्छ र छिमेकी राष्ट्र भारतलाई बेच्ने गर्छ । यो राष्ट्र वरिपरी कार्बोन संकुचित उर्जाको उत्पादन नगर्ने राम्रो रणनिति पनि हो ।

भुटानले सरकारी आर्थिक अनुदानमा एलइडि लाइट प्रदान गर्छ जुन प्रकृति र वातावरणको लागि हानिकारक हुदैन । भुटानले निसानलाई सब्सीडी प्रोगाममा सहयोग पनि गरेको थियो र इलेक्ट्रिक सवारीसाधनको प्रयोगलाई प्रोमोट गरेको थियो । भुटानले आफ्नो राष्ट्रमा सुरक्षा गरिएको क्षेत्रमा बायोलोजिकल कोरिडोर बनाएको छ यसकारणले गर्दा विशाल विविधता भएको जनावरहरु स्वतन्त्र रुपमा यी क्षेत्रहरुमा घुम्न पाउँछन् । यसो गर्नाले जनावरहरु जलवायु परिवर्तन र जनसंख्या वृद्धि सँग सजिलै अनुकुल हुन्छन् ।
भुटान राष्ट्रले अपनाएको तरिका अपनाउन सकियो भने हामीले विश्वलाई नै कार्बोन रहित बनाउन सक्छौ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button