मुख्य समाचारसमाचार

चाँगुनारायण यात्रामा उपराष्ट्रपति पुन सहभागी

Gobal IME Bank

काठमाडौँ । पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा तथा माटोको भाँडा फुटाउने जात्रामा आज उपराष्ट्रपति पुन हनुमान ढोका पुग्नुभएको हो ।

जात्राका अवसरमा बोल्दै तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जनले लिच्छविकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार परापूर्वकालमा चाँगुनारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमानढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ ।

मेलामा उपराष्ट्रपति पुनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसादग्रहण गर्नुका साथै कुमारीको पूजाअर्चना गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button