शिक्षा स्वास्थसमाचार

कोलाजेन उत्पादन बढाउने पोषक तत्वहरु

Gobal IME Bank

काठमाडौँ । कोलाजेन मानव शरीरमा सबैभन्दा धेरै मात्रामा पाइने एक किसिमको प्रोटिन हो । यो प्रोटिन हाम्रो शरीरको मांसपेशी, हड्डी, टेनडन, शरीरको विभिन्न अगं,रक्त वाहिनि, कनेक्टिभ टिस्यु, छाला, आन्द्राको तन्तु र लिगामेन्ट इत्यादिमा प्रचुर मात्रामा पाइन्छ । कोलाजेन हाम्रो शरीरको बनावट र ताकतको लागि महत्वपुर्ण मानिन्छ । हाम्रो शरीरले प्राकृतिक रुपमा अमिनो एसिड र पोषक तत्वहरुलाई प्रोटिनको मात्रा उच्च भएको खाना जस्तै चिकेन, गेडागुडी, माछा, अण्डा र डेरी प्रडक्टहरु मिलाएर कोलाजेन प्रोटिन उत्पादन गर्छ । कोलाजेनको मात्रा नाप्न नमिले पनि यो प्रोटिन हाम्रो शरीरमा घट्दा भने हामीलाई थाहा हुन्छ ।

उमेर बढ्दै गएपछि हाम्रो शरीरमा कोलाजेनको मात्रा कम हुँदै जान्छ जसको कारणले गर्दा चाउरीपन र छाला पातलो र लुज हुदै जान्छ र मांसपेशीहरु पनि कमजोर हुँदै जान्छ । कोलाजनको मात्रा कम हुदै गए पछि हड्डी र जोर्निको समस्या पनि आउन थाल्छ । यी खाना खाएर हामीले हाम्रो शरीरमा कोलाजेनको उत्पादनको मात्रा बढाउन सक्छौँ । कोलाजेन संश्लेषणको लागि तीन प्रमुख अमिनो एसिडको आवश्यकता पर्छ जस्ले बिल्डिङ ब्लक बनाउनको लागि मद्दत गर्छ । कोलाजेन उच्च मात्रामा भएको खाने कुराहरु वा कोलाजेनको उत्पादन बढाउने खानाहरुः

१) बोन ब्रोथ

बोन ब्रोथ जनावरहरुको हल्का मासु भएको हड्डीलाई उमालेर बनाइन्छ । यो धेरै पोषक तत्व पाइने खाना हो । बोन ब्रोथको प्रयोग सुप, सस र ग्रेभीमा गरिन्छ । बोन ब्रोथ स्वस्थ खाना खानेहरुमा निकै प्रख्यात भईरहेको छ । किनभने यसमा धेरै पोषक तत्वहरु पाइन्छ र यसको सेवनले धेरै स्वास्थ्य लाभ प्राप्त हुन्छ । बोन ब्रोथ हड्डी र कनेक्टीभ टिस्यूबाट बन्ने कारण यसमा क्याल्सियम, फोसफोरस, कोलाजेन, ग्लुकोसामाइन, कोन्ड्रोइटिन, अमिनो एसिड र अरु पोषक तत्वहरु पाइन्छ ।

२) चिकेन

कुखुरामा उच्च मात्रामा कोलाजेन पाइन्छ र यसमा अतिआवश्यक पोषक तत्व अमिनो एसिड पनि पाइन्छ जसले हाम्रो शरीरमा प्रोटिन संश्लेषण गर्न मद्दत गर्छ । धेरै स्टडीहरुमा आर्थिट्रिसको ट्रिटमेन्टको लागि चिकेनको घाँटी र कार्टिलेजलाई कोलाजेनको स्रोतको रुपमा प्रयोग गरिएको छ ।

३) अण्डाको सेतो भाग

अण्डामा उच्च मात्रामा प्रालिन पाइन्छ भने एक किसिमको अमिनो एसिड पनि पाइन्छ जुन कोलाजेन उत्पादनको लागि महत्वपुर्ण पोषक तत्व हो । यो अरु फरक प्रकारको अमिनो एसिड पाइने स्रोत पनि हो ।

४) माछा र शेलफिसहरु

अरु जनावरहरुमा जस्तै माछा र शेलफिसहरुको हड्डी र लिगामेन्ट कोलाजेनबाट बनेको हुन्छ । समुद्रमा पाइने माछाहरुको कोलाजेन सजिलोसँग हाम्रो शरीरले सोस्छ । तर माछाको मासुमा भने कम मात्रामा कोलाजेन पाइन्छ । माछाको छाला, टाउको र आँखामा धेरै मात्रामा कोलाजेन पाइन्छ । यदि यी भागहरु खान मन लाग्दैन भने अरु नै कोलाजेन पाइने खानाहरु खाँदा हुन्छ ।

५) सिट्रस फलफुल

भिटामिन सि ले प्रि कोलाजेन उत्पादन गर्नको लागि मुख्य भुमिका निभाएको हुन्छ । हाम्रो शरीरमा उत्पादन हुने कोलाजेनको पुर्ववर्ती प्रोटिनलाई प्रि कोलाजेन भनिन्छ । प्रशस्त मात्रामा भिटामिन सि प्राप्त गर्न कठिनाई हुन सक्छ । सिट्रस फलफुलहरु जस्तै सुन्तला, अंगुर, कागतीहरुमा प्रशस्त मात्रामा भिटामिन सि र अरु पोषक तत्वहरु पाइन्छ ।

६) लसुन

लसुनले खानामा स्वाद बढाउनुका साथसाथै हाम्रो शरीरमा कोलाजेनको उत्पादनलाई बढाउने काम गर्छ । लसुनमा उच्च मात्रामा सल्फर पाइन्छ यसले कोलाजेनको संश्लेषण गर्न र कोलाजेनलाई टुट्नबाट बचाउँछ । धेरै मात्रामा कोलाजेनको उत्पादन बढाउनको लागि हरेक दिन धेरै मात्रामा लसुनको सेवन गर्नुपर्छ ।

७) गेडागुडी

गेडागुडीमा उच्च मात्रामा प्रोटिन पाइन्छ र यसमा प्रशस्त मात्रामा अमिनो एसिड पनि पाइन्छ जुन कोलाजेन संश्लेषणको लागि महत्वपुर्ण पोषक तत्व हो । धेरै जसो गेडागुडीमा तामा (कपर) पनि पाइन्छ जुन कोलाजेन उत्पादन गर्नको लागि महत्वपुर्ण पोषक तत्व हो ।

यी मध्ये कुनै पनि खाना हरेक दिन खाँदा चाँडो चाउरीपन आउन र हड्डी र जोर्निको समस्याबाट जोगिन सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button