समाचार

काभ्रेको सात स्थानीय तह कोरोनामुक्त-GoodNews

Gobal IME Bank

काभे्रपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन् ।

जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । कूल सङ्क्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरमा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म १८२ पुरुष र ११२ महिला सङ्क्रमित भएका छन् ।

सक्रिय सङ्क्रमितमध्ये बनेपामा १२८, धुलिखेल नगरमा ३२, पनौतीमा चार, पाँचखालमा चार, नमोबुद्धमा एक, तथा भुम्लु गाउँपालिकामा दुई रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वासथ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुुसार १११ सङ्क्रमित निको भई उपचारपछि घर फर्किएका छन् भने १७९ विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत छन् । त्यस्तै ३१ ‘होम आइसोलेशनमै उपचाररत रहेको पोष्टले जनाएको छ ।

काभ्रेमा कोरोना सङ्क्रमणबाट एक पुरष र एक महिलाको मृत्यु भएको छ । गत असार दुईगतेदेखि काभ्रेलीमा सङ्क्रमण देखापरेको थियो । झाका अनुसार पछिल्लो समय समुदायमा सङ्क्रमण फैलिएकाले सङ्क्रमित दर बढिरहेको हो । “भदौ महिनाको तथ्याङ्कले जिल्लामा सरदर दैनिक १० देखि १५ सङ्क्रमित देखिन्छ”, उहाँले भन्नुभयो । सङ्क्रमितमध्ये अधिकांशको ‘ट्राभल हिष्ट्री’ नदेखिएको पोष्टले जनाएको छ ।

झाका अनुसार बनेपा नगरपालिका–१३ भैंँसेपाटीस्थित स्पाईनल इन्जूरी अस्पतालमा मात्रै जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत सङ्क्रमित छन् । उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि सातादेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने अस्पताल र स्थानीय समुदायमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको छ ।

नयाँ सङ्क्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताउनुभयो । उहाँले भन्नुभयो “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसिआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उहाँका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’मा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण छ ।

जिल्लास्थित १३ स्थानीय तहमा ९०३ श्याको क्वारेन्टिन तथा २०९ बेडको आइसोलेशन व्यवस्थित गरिएको छ । हाल ३० पुरुष र ३५ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन्् । त्यस्तै ९९९ पुरुष र २०९ महिला क्वारेन्टिनको बसाइँपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button