अन्यसमाचार

गण्डकीमा १३ को रिपोर्ट नेगेटिभः मृतकमा संक्रमण नभएको पुष्टि -GoodNews24

Gobal IME Bank

चिप्लेढुङ्गा । कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिनुभयो । उहाँले बाँकीको रिपोर्ट केही दिनमा आउने बताउनुभयो ।
यसैबीच कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका विश्वमोहन नेपालीको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । एघार दिनअघि भारतको हैदराबादबाट आउनुभएका नेपालीेलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले पाँच प्रकारका औषधि सेवन गरिरहनुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको थियो । उहाँको मृत्युमा धेरैले कोरोनाको शंका गरेका थिए । गाउँपालिकाले बिहीबार नेपालीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु अस्पताल पठाएको थियो । शुक्रबार आएको नेपालीको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टअनुसार मृतक नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

कीटनाशक औषधि छर्कदै पोखरा

कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केने कार्यलाई तीव्रता दिएको छ । बिहीबारदेखि महानगरको न्युरोडस्थित कार्यालयबाट औषधि छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा औषधि छर्केको स्वास्थ्य महाशाखाका सिनियर अहेव अधिकृत हरिलाल आचार्यले जानकारी दिनुभयो ।
लेकसाइड र हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पस गेट, शिक्षा कार्यालयचोक लगायत ठाउँमा औषधि छरिएको आचार्यले बताउनुभयो । विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा औषधि छरिएको छ । महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारालगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिने बताउनुभयो । प्रमुख जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरवासीलाई अनुरोधसमेत गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”5505″] [irp posts=”5470″] [irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button