समाचार
सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५५ कोरोना संक्रमणबाट मुक्त-Goodnews24
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ५ हजार ८५५ पुगेको छ । बिहीबार विभिन्न अस्पतालबाट ८ र अपडेट नगरिएका ५७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ५ हजार ८५५ पुगेको हो । निको भएर घर गएका मध्ये अछाममा ९१६, बैतडीमा ३२८, बझाङ्गमा ३८९, बाजुरामा ४५१, डडेल्धुरामा ३१६, दार्चुलामा ४६, डोटीमा ९३६, कैलालीमा १७४४ र कञ्चनपुरमा ७२९ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १५, टीकापुरमा ९, महाकालीमा १३, अछाममा १०, डोटीमा २, डडेल्धुरा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]