शिक्षा स्वास्थसमाचार

सिप्लाले उत्पादन गरेको रेम्डेसिभिर नेपालमा पहिलो ब्याचको घोषणा-GoodNews24

Gobal IME Bank

काठमाडौं । येटिचेम वितरक प्रालिले नेपालमा रेम्डेसिभिरको पहिलो ब्याचको घोषणा गरेको छ । येटिचेम वितरकले नेपालमा पहिलोपटक रेम्डेसिभिर ल्याएको हो । कम्पनीलाई सरकारले कोभिड-१९ उपचारको प्रतिबद्धताको तत्काल आवश्यकताको आधारमा नियामक स्वीकृति प्रदान गरेको छ ।

भारतको औषधि निर्माता कम्पनी सिप्लाले बनाएको कोभिड-१९ उपचारका लागि प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि ‘सेप्रिम’ ब्रान्डमा नेपाल आएको हो । रेम्डेसिभिर लाइफोलाइज्ड पाउडर इन्जेक्सन-१०० एमजी येटिचेमले नेपाल ल्याएको हो।

भारतबाट आएको ४८० सिसाको पहिलो ब्याच प्रतिसिसी नेपाली ६ हजार ४ सय रुपैयाँमा उपल्ब्ध हुने बताइएको छ । येटिचेमले २ सय सिसाका लागि अनुमति पाएको छ । औषधि तीन ब्याचमा उपलब्ध हुनेछ । ४८० सिसाको दोस्रो ब्याच १० सेप्टेम्बरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बाँकी १४० सिसा २५ सेप्टेम्बरमा उपलब्ध हुनेछ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button