अन्यसमाचार

आजबाट दशैँको टिकट बुकिङ खुल्यो

Gobal IME Bank

काठमाडौं । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज (आइतबार)  बाट अग्रिम टिकट खुल्ने भएको छ । यातायात कम्पनीहरुले आइतबारबाट दशैँका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् ।

आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ सुरु हुनेछ ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button