अन्यसमाचार

नेपाली पब्जी टिम डीआरएस गेमिङ ११ औँ स्थानमा

Pubg tournament

Gobal IME Bank

काठमाडौं। नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले आइतबार सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा ११ औँ स्थान प्राप्त गर्न सफल भएका छन् ।

‘डीआरएस गेमिङ’ले अलस्टार्स चरणको खेलमा तेस्रो हुँदै ९० हजार अमेरिकी डलर ‘करिब एक करोड १८ लाख रुपैयाँ’ जितेको थियो । त्यस्तै मेन टुर्नामेन्टमा सहभागी पुरस्कार गरी कुल ७७ हजार पाँच सय अमेरिकी डलर ‘एक करोड दुई लाख रुपैयाँ’ जितेको छ ।

मेन टुर्नामेन्टमा ‘डीआरएस गेमिङ’ ले १८ खेलबाट एक चिकेन डिनर र ५८ एलिमिनेसन पोइन्ट सहित कुल ९३ पोइन्ट ल्याएको थियो । अलस्टार्स चरण र मेन टुर्नामेन्ट दुवैको विजेता बनेको थाइल्यान्ड पब्जी टिम ‘भ्याम्पाएर ई स्पोर्ट्स’ले भने करिब सात करोड पचास लाख रुपैयाँ जितेको छ ।

‘भ्याम्पाएर ई स्पोर्ट्स’ ले मेन टुर्नामेन्टमा २२७ पोइन्ट ल्याएको थियो । जसमा चार चिकेन डिनर र १४२ एलिमिनेसन पोइन्ट सामेल थिए । त्यस्तै दोस्रो स्थानमा रहेको ‘एसटीई’को १३८ पोइन्ट र तेस्रो स्थानमा रहेको ‘गेमिन ग्लाडिएटर्स’को १२१ पोइन्ट रहेको थियो ।

त्यस्तै ५३ एलिमिनेसन सहित ‘भ्याम्पाएर ई(स्पोर्ट्स’का ‘टोनी के’ मेन टुर्नामेन्टको मोस्ट भ्यालुएबल प्लेयर बनेर १० हजार डलर जितेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button