गुड न्यूज 24मुख्य समाचारसमाचार

दशैँमा गाँउबस्ती खेलमय

Dashain Festival

Gobal IME Bank

बेदकोट। चाडपर्व सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती पनि खेलमय र रमाइलो बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका छन् ।

घरबाट टाढा रहेका मानिसहरु चाडपर्वको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडपर्वलाई लक्षित गरि सानाठूला खेलकुद प्रतियोगिताहर आयोजना भइरहेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा क्रिकेट प्रतियोगिता भई रहेको छ । “प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको छ”, आयोजक सुदूर मिडियाका सञ्चालक सुरेश भट्टले भने, “चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ ।”

उनका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगरका प्रत्येक वडाका एक÷एक टिमसहित १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद रु ७५ हजार र उपविजेतालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

चाडपर्वको समयमा सबै फुर्सदमा हुने कारणले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भूपेन्द्रसिंह रावलले बताउछन् ।

“विद्यार्थीको बिदाको समय छ, चाडबाडले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन्, खेतीपाती सकेर चाडबाडको यो समयमा अधिकतर फुर्सदमा छन्”, उनले भने “त्यसैले चाडबाड लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाडबाडको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ ।”

भीमदत्त नगरपालिकाको वडा नम्बर १२ को कार्यालयले प्रत्येक वर्ष पूर्णा माध्यमिक विद्यालयको खेलमैदानमा क्रिकेट प्रतियागिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा भीमदत्त नगरभित्रका २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु एक लाख ५१ हजार एक सय एघार र उपविजेताले रु ७७ हजार सात सय ७७ पुरस्कार प्राीत गर्ने छन् ।

विद्यालय बिदा भएर फुर्सदमा बसेका विद्यार्थी तथा युवायुवती चाडबाडको समयमा कुलतमा फस्ने जोखिम हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उनको भनाइ छ । कञ्चनपुरको नौ वटा नै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशी पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन् ।

चाडबाड सुरु भएसँगै खेलकुदका गतिविधि ह्वात्तै बढेको हो । कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरीलगायतका ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबललगायतका खेल आयोजना भइरहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button