मनोरञ्जनमुख्य समाचारसमाचार

अरू देश चन्द्रमामा पुगेर पानी खोजिरहेका छन्, तर हामी भ्याकुता खोजेर बिहे गर्दिरहेका छौ- दिपकराज गिरी

Gobal IME Bank

काठमाडौं । पछिल्लो समय देशका विभिन्न क्षेत्रहरुमा गर्मी ह्वात्तै बढेको छ । गर्मी बढेसंगै मानीसहरु वर्षाको लागि तड्पीरहेको पनि पाउँछौं ।

यसैसन्दर्भमा कतिपय ठाउँहरुमा भने भ्यागुतोको जोडीलाई विवाह गराए गरेको पनि कुराहरु सामाजिक सञ्जालहरुमा आइरहेका छन् । हाँसो लाग्दा यी दृश्यहरुले वास्तवमै अहिलेको आधुनिक विज्ञानलाई भने गिज्याइँरहेको देखिन्छ ।

यसै बखत नेपाली कला क्षेत्रलाई एकदमै नजिकबाट नियाँल्ने र भनौं विशेष त सामाजिक सञ्जालहरुमा आफ्ना भनाईहरु सार्वजनिक गरिरहने तथा विभिन्न राष्ट्रिय मुद्दाहरुमा पनि टिका टिप्पणीहरु गरिरहने कलाकार दिपक राज गिरीले गर्मी र भ्यागुतोको विवाहको विषलाई लिएर टिप्पणी गरेका छन् ।

कलाकार गिरीले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्य गर्दै, ”अरू देश चन्द्रमामा पुगेर पानी खोजिरहेका छन् तर हामी अहिलेको युगमा त्यहि पानीको लागि भ्याकुता खोजेर बिहे गर्दिरहेका छौ” भनेका छन् ।

उनले व्यङ्ग्य गर्दै नव विवाहित जोडिलाई दाम्पत्य जीवनको शुभकामना भन्दै दुई भ्यागुतोको तस्बिर पनि सेयर गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button