Grace Computer Jawalakhel
समाचार

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरीको श्रमदान

१३ पुस, चितवन रासस। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको छ । श्रमदानको लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो । प्रहरी उपरीक्षक मल्लका अनुसार रङ्गशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने छ । । प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुङ्गा भर्ने काम गरिरहेको छ ।

रङ्गशालामा बन्ने सबैभन्दा ठूलो रङ्गशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ । कमलको फूलको आकृतिमा बन्ने रङ्गशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो ।

कट्टेलका अनुसार रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि निर्माणमा खर्चको अधारमा पर्याप्त रकम सङ्कलन गर्न सकिएको छैन । दैनिक रु १० लाख खर्च लाग्ने गरी रङ्गशालाको काम अघि बढाइएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रङ्गशालको काम तीव्र रूपमा अघि बढिरहेको छ । निर्माणकार्यले गति लिएपछि रङ्गशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुषाल बताउनुहुन्छ । रङ्गशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउण्डेशनले व्यवस्था मिलाएको छ ।

यो पनि पढ्नुहोस ।

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

 

 

 

फि तिर्न नसक्दा कलेज छोड्नुपर्यो – एप्पल कम्पनी मालिकको कथा

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button