अन्यशिक्षा स्वास्थसमाचार

मोटोपन घटाउन, डाइटिङ गर्दा ध्यानदिनु पर्ने कुराहरु – GoodNews24

Gobal IME Bank

मोटोपन अहिले धेरैका लागि टाउको दुखाईको विषय बनेको छ । त्यही कारण त बजारमा ‘मोटोपन घटाउने टिप्सदेखि ओखतीसम्म’ धमाधम बिक्री भइरहेको छ । मोटोपनले गर्दा शरीरमा अनेकथरी रोगले घर बनाउँछ । मधुमेह, उच्च रक्तचाप, मुटुको रोगदेखि अन्य थुप्रै समस्या मोटोपनसँगै जोडिएर आउँछ । त्यसैले अहिले मान्छेहरु मोटोपनसँग भयभित छन् ।

शरिरको तौल जति धेरै भयो ,जती धेरै बोसो लाग्छ त्यती नै स्वास्थ समस्याहरु बढ्दै जान्छ । यि रोगहरु लागि सके पछी जिन्दगी भर औषधी खानु पर्ने अवस्था पनि आउन सक्छ ।  त्यसैले स्वस्थ भएर बाँच्नको लागि शरिरको तौल सन्तुलन गरेर राख्नु अती नै आवश्यक छ मोटोपन घटाऊनको लागि डाइटिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरु बारे यहाँ हामी चर्चा गर्ने छौ ।

१। डाइटिङमा यी कुरा ध्यान दिनुहोस्
डाइटिङ गर्दा धेरैले एउटा गल्ती गर्छन, उनिहरु कम त खान्छन तर उच्च क्यालोरी भएका खाना खान्छन डाइटिङ गर्दा मात्रा ४०० क्यालोरी शक्ती भएको खाना खानु जरुरी छ तर हाम्रो खानामा कम्तिमा पनि ८०० क्यालोरी हुन्छ । खाजा खादा २०० क्यालोरी भन्दा बढी खानु हुँदैन ।

२ । भोक नलागी नखाने ।
एकपटक खाएपछी २/३ घण्टा नभइन्जेल खानु हुँदैन साथै  बिचमा धेरै पानी पिउने  गर्नुपर्दछ ।

३ । सम्पूर्ण परिवार र साथी भाईलाई समावेश गर्नुहोस् ।
डिप फ्राइ गरेका खानेकुराहरु जस्तै सेल रोटी,आलु चप ।,समोसा आदी खानु हुँदैन १०० मिलिलिटर तेलमा ९०० क्यालोरी हुन्छ ,त्यस्तै प्याकेजका खाने कुराहरु कोक, फ्यान्टा, कुर्कुरे ,चिप्स ,इनर्जी ड्रिन्क्स यस्ता कुनै पनि चिज खानु हुँदैन । सम्पूर्ण परिवार र साथी भाईलाई समावेश गर्नु पर्छ । डाइटिङ गरिरहेको बेलामा पार्टी भोजतिर गएर खानु हुँदैन। वाहिरको खानामा बढी क्यालोरी हुने भएकाले तपाईंको डाइटमा सन्तुलन बिग्रिन सक्छ ।

४ ।  क्यालोरी हिसाव गर्नुहोस् ।
आफुले डाइटिङ गरिरहेको अवस्थामा कहाँ गल्ती भएको छ यो जान्नु जरुरी छ। यो जान्नको लागि तपाईंले खाने खानाको क्यालोरी हिसाव गर्नुहोस् र तपाईंले खानु पर्ने भन्दा बढी क्यालोरी खाइरहनु भएको रहेछ भने फेरी त्यो गल्ती नदोहोर्याउनुहोस् । करीव दुई हप्ता जती कपिमा लेखेर हिसाव गर्नु भयो भने पछी तपाईं आँफैलाई पनि कती क्यालोरी खाएको भन्ने बारे थाहा हुन्छ । यदी तपाईंलाई क्यालोरी थाहा नभएको खण्डमा गुगलबाट पत्ता लगाउन सक्नुहुन्छ । शारीरिक काम गर्नेले दिनमा १३०० क्यालोरी खादा काफी हुन्छ तर खानेकुरा छान्न जान्नुपर्छ यदी प्रोटिनको variety फलफुल हरियो सागपात मिलाउन जानिएन भने १६०० क्यालोरी सम्म लिनु पर्ने हुन्छ र यसमा तपाईं जती धेरै शारीरिक काम गर्नुहुन्छ त्यती नै क्यालोरी थप्नु पर्ने हुन्छ ।

५ । डाक्टरको सल्लाह लिनुहोस् ।  
डाक्टरको सल्लह नलिइ extreme डाइटिङ गर्नु हुँदैन । डाइटिङ गर्दा पेट पोल्छ भने पहिलो एक दुई हप्ता Antacid खान सकिन्छ ।  पछी डाइटिङको पनि बानी पर्छ ।

६। रातीको खाना छिटो खानुहोस् । 
सकेसम्म राती ढिलो खाना खानु हुँदैन । राती ढिलो खाएको खाना शरीरले प्रयोग गर्दैन । त्यसैले अवेर खाएको खाना शरीरमा बोसोको रुपमा सन्चय भएर रहन्छ र मोटोपन बढाउछ । हामीले खाने खानामा ८०० क्यालोरी शक्ती हुन्छ त्यो शक्ती प्रयोगमा ल्याउन कम्तिमा ४ घण्टा हिंड्नु पर्छ ।

७ । बिहान बेलुका खाना मिलाएर खाने।

तर नभएको दुध एक ग्लास , बदामहरु ,एक कप दही ,एउटा फलफुल, एउटा अन्डा पहेलो भाग नभएको ,सलाद आदी खान सकिन्छ  । थकाई लागेको महशुस भयो भने दिउसो चिनी नराखेको कफी खान सकिन्छ कफिले भोक लाग्न दिदैन । प्रोटिनयुक्त खानेकुराहरु जस्तै दाल गेडागूडी सिमी प्रशस्त खाने ,माछा, बोसो नभएको मासु ग्रिल वा बेक गरेर खाने ।

८। नियमित ब्यायाम पनि गर्नुहोस् ।
नियमित ब्यायाम  तथा हिड्ने डाैडिने पनि गर्नुहोस् । नियमित जिम जाने गर्नुहुन्छ भने जिम जानु अघी प्रोटिन सेक बनाएर खान सकिन्छ या त गेडागूडी या कुनै पनि प्रोटिन भएको खानेकुरा जिम जानु एक घण्टा अघी खाएर जान सक्नुहुन्छ ।

 

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″]

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3875″]

[irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button