समाचार

पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग-GoodNews24

Gobal IME Bank

काठंमाडाै-  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण ९पिपिई र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण ९पिपिइ० र २० थान फेस शिल्ड सहयोग गरेको हो ।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कोभिड–१९ को जोखिम बढिरहेका बेलामा अग्रभागमा रहेर जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बताउनुभयो । उक्त स्वास्थ्य सामग्री काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराउनुभएको थियो । यस्तै तरुण दलले १०७औँ बिपी जन्मजयन्ती सामाजिक दूरी कायम गरेर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्रसमेत गरिसकेको छ । आज काँग्रेस र सो पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी बिपीजयन्ती मनाउँदै छन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”6152″] [irp posts=”2573″] [irp posts=”2770″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button