मुख्य समाचारसमाचार

ड्युटीमा खटिँदा प्रहरीले मोबाइल चलाउन नपाउने

Gobal IME Bank

काठमाडौँ । ड्युटीमा खटिँदा प्रहरीले मोबाइल चलाउन नपाउने नियम लागु हुने भएको छ । प्रहरी युनिफर्ममा मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग धेरै भएको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले यी गतिविधिहरुमा रोक लगाएको छ ।

ड्युटीमा खटिँदा प्रहरी सतर्क रहनुपर्ने तर मोबाइलमा कल, च्याट वा गेम खेल्ने जस्ता गतिविधिको कारण ड्युटी स्थलमा प्रहरीको ध्यान केन्द्रित रहदैन् । यसकारण अत्यावश्यक अवस्थामा बाहेक मोबाइल प्रयोग नगर्न निर्देशन दिएका कुराको जानकारी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले दिनु भएको छ ।

सबै प्रहरीलाई वाकिटकी उपलब्ध गराउन नसकेको कारण कुनै अवस्थामा सूचना संकलन एवं रिपोर्टिङका लागि मोबाइल उपयुक्त साधन हुन्छ र यसरी मोबाइल प्रयोग गर्नेुपर्ने अवस्था आएमा सम्बन्धित इन्चार्ज वा कमान्डरको अनुमति लिनुपर्ने छ ।

ड्युटीमा रहँदा टिकटक भिडिओ बनाउने प्रहरीलाई कारबाही गरिएको घट्ना बारे समेत उहाँले बताउनु भएको छ । संगठनलाई चुस्त बनाउन यो लिइएको र संगठनको आदेश विपरीत गतिविधि गर्ने प्रहरीलाई आन्तरिक कारबाही गर्ने जानकारी प्रहरी नायब महानिरिक्षक टेकप्रसाद राईले दिनु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button