समाचारसूचना प्रविधि

विद्युतीय स्कुटरका फाईदाहरु -Good News 24

Gobal IME Bank

मानिसको जीवनमा सवारी साधनको महत्व बिशेष हुन्छ । सवारीले नै गरेर हो, कुनै ठाउँमा समय मै पुग्न, काम सम्पन्न गर्न र फर्कन सकिने भएको छ । हालको समयमा बिभिन्न प्रकारका सवारी साधनहरु बिकास भएका छन । यस्तैमा पेट्रोलियम पदार्थको बिकल्पको रुपमा विद्युतीय सवारी साधनहरु पनि बिकास हुन थालेका छन । बिशेष गरी बिभिन्न बिकासित मुकुलहरुमा बिद्दुतिय ट्रेनसम्म बिकास भइसकेको अवस्थामा हामी यहाँ सामान्य बिद्दुतिय स्कुटरको कुराकानी गर्दै छौ, जसले तपाईंको असामान्य दिनचर्यांलाई सहज बनाउन मद्दत गर्ने छ । विद्युतीय स्कुटर जसलाई हामी इ-स्कुटर पनि भन्छौ । इ-स्कुटरको निम्ती पेट्रोल हाल्नु पर्दैन । मात्र केही समय विद्युतमा चार्ज गरे पुग्छ । इ-स्कूटर रिचार्जेबल ब्याट्रीको सहायताले चल्छ जसलाई सधैं ३०% र ८०% बीचमा चार्ज राख्नु पर्छ।

इ-स्कूटरको फाईदा तथा विशेषताहरु:

  • यो तपाईको महंगो पेट्रोलको बिकल्प बन्न सक्छ ।
  • इ- स्कूटर अन्य स्कुटरको तुलनामा हल्का र आरामदायी हुन्छ ।
  • विधुतीय स्कुटर वातावरण मैत्री भएकाले वातावरणलाई असर गर्दैन।
  • एक चोटि चार्ज भएको स्कुटरले अन्य स्कुटर जस्तै माइलेस दिन सक्छ ।
  • उकालो उक्लदैन भन्ने भ्रमलाई छाड्नुहोस, उकालो ओरालो जस्तोमा पनि यसमा यात्रा गर्न सकिन्छ ।
  • मोबाइल चार्ज गरे जस्तै  स्कूटर ४ देखि १० घण्टाको बीचमा चार्ज हुन्छ ।
  • अन्य स्कूटरको तुलनामा इ-स्कूटरको डिजाइन फरक किसिमको हुन्छ।
  • इ-स्कूटर अन्य स्कूटरको तुलनामा सानो हुने भएकाले गर्दा धेरै ठाउँ लिदैन ।
  • इलेक्ट्रिक स्कूटरमा कम पार्ट्स हुन्छ जसले गर्दा हल्का र कम्प्याक्ट हुन्छन्। तसर्थ, तिनीहरू पार्क गर्न र ड्राइभ गर्न सजिलो पनि हुन्छ।

हाम्रो देश नेपालले पेट्रोलियम पदार्थकालागि अरु देशसंग नै निर्भर गर्ने गर्दछ । बिशेष गरी भारतसंग । आयातमा केही समस्या भए, पेट्रोल डिजेलको हा-हाकार हुँदछ । अबका दिनमा आफ्नै देशमा उत्पादित विद्युतलाई सहि सदुप्रयोग गर्ने र आत्मनिर्भर बन्ने हो भन्ने विद्युतीय सवारी साधनमा जोड दिन आवश्यक छ ।

-निरु नगरकोटी 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button