अन्यसमाचार

यस्ता छन् हात्तिबारे रोचक तथ्यहरु, जो तपाईंलाई थाह नहुन सक्छ

Gobal IME Bank

एजेन्सी । हात्ती जमीनमा बस्ने सबै भन्दा ठूलो जनावर हो ।

हात्ती ७० वर्ष सम्म जीवित रहन सक्छ ।

हात्ती एउटा मात्र यस्तो प्राणी हो जो उफ्रिन सक्दैन ।

हात्तीको दिमाग धेरै विकसित हुन्छन्, जुन मानिसको दिमाग भन्दा करीब ३–४ गुणा ठूलो हुन्छ तर हात्तीको शरीरको हिसाबले सानो नै हो ।

हात्तीको मुटु एक मिनेटमा केवल २७ पटक मात्र धडकिन्छन्, जुन मानिसको तुलनामा धेरै कम हो।

हात्तीको छाला एक इन्च मोटो हुन्छ । हात्तीको दृष्टि अपेक्षाकृत कमजोर हुन्छ तर सुँघ्ने शक्ति धेरै तेज हुन्छ ।

१६ वर्षको हात्ती वयस्क हुन्छ र यो उमेर देखि बच्चा जन्माउन सक्छन् ।

हात्तीनी वा ढोईले पुरै जीवनकालमा केवल चार ओटा मात्र बच्चा जन्माउन सक्छन् । हात्तीनीको गर्भावस्था २२ महिनाको हुन्छ, जुन सबभन्दा बढी हो ।

हात्तीको दाँत स्वयंको रक्षा गर्न, सामान उठाउन र पानी फाट्न काम आउँछ ।

हात्तीको चपाउने दाँतको तौल ईटाको बराबर हुन्छ । हात्तीको सुँढमा ४०,००० मांसपेशियाहरु हुन्छन् ।

हात्ती आफनो सुँडको प्रयोग पानी पिउन र वस्तुहरु उठाउन गर्छन् ।

हात्ती पनि रुन्छन्, र हाँस्छन् साथै खेल्छन् पनि । हात्तीहरु राम्रो पौडीबाज हुन्छन् ।

हात्तीको खुट्टा थोरै गद्ददार हुन्छ, जुन तौल सम्हाल्न र छिटो दगुर्न मद्दत गर्दछ ।

हात्ती एक वफादार जानवर हो । हात्तीलाई मानिसको राम्रो पहिचान हुन्छ, हात्ती आफनो मित्र र शत्रुलाई कहिल्यै भुल्दैन ।

हात्तीको दाँत सुन भन्दा पनि महंगो हुन्छ । हात्तीको दाँतको लागि हरेक दिन सयौँ हात्तीहरु मार्ने गरिन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button