मुख्य समाचारसमाचार

आँखा किन फरफराउँछ ?

Gobal IME Bank

एजेन्सी । आँखा फरफराउनुको वैज्ञानिक कारण हुन्छ । यो एक सामान्य लक्षण हो । आँखा फरफराउनु भनेको मांसपेशीहरूको अनैच्छिक सङ्कुचन हो । यसको मुख्य कारण तनाव हो । आँखामा दबाब, थकान, सुख्खा आँखा जस्ता अन्य कारणहरूले गर्दा पनि आँखा फरफराउछ ।

यसबाहेक निद्रा नपुग्दा, क्याफिन वा अल्कोहलको अत्याधिक सेवन, कम उज्यालो वा लामो समयसम्म कम्प्युटरको अगाडि काम गर्दा पनि आँखा फरफराउन थाल्छ । आँखा फरफराउनु भनेको हाम्रो आँखा थाकेको हो र यसलाई आरामको आवश्यकता परेको भन्ने बुझ्नु पर्छ । यद्यपि यसमा कुनै हानी छैन, तर धेरै अन्यौलता छ ।
यसलाई रोक्न, तपाई यी उपायहरू प्रयास गर्न सक्नुहुन्छ

आँखा फरफराउँदा तुरुन्तै जोडले झिम्क्याउन थाल्नुहोस् यस पछि, आँखा खोल्नुहोस् र तिनीहरूलाई सकेसम्म फैलाउनुहोस् । आँखाबाट आँसु नआएसम्म यसो गर्नुहोस् । तर यदि यो क्रियाकलाप गर्दा आँखामा दुखाइ भएमा वा आँखा झन् बलपूर्वक फरफराउन थाल्यो भने तुरुन्तै बन्द गर्नुहोस् ३० सेकेन्डसम्म गोलाकार गतिमा आफ्नो बिचको औँलाले आँखाको तल्लो भागमा मसाज गर्नुहोस् । यसले रक्त प्रवाह बढाउँछ र मांसपेशी बलियो बनाउँछ ।

आँखालाई एक मिनेटको लागि राम्रोसँग बन्द गर्नुहोस् र त्यसपछि तिनीहरूलाई खुकुलो छोड्नुहोस् । आँखा खोल्नु अघि यो कार्यलाई तीन पटक दोहोर्‍याउनुहोस् । आँखा झिम्काउँदा, ३० सेकेन्डसम्म आँखा झिम्काइरहनुहोस् । यसले मांसपेशीहरूलाई आराम दिन्छ र आँखाको पुतलीहरू फैलाउँछ, जसले आँखा झिम्काउन रोक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button