शिक्षा स्वास्थसमाचार

छालाको पिग्मेन्टेशन, कालो दागहरु कसरी हटाउने ?

Gobal IME Bank

काठमाडौं । हाम्रो छालामा आउने कालो दागहरु विभिन्न किसिमका हुन्छन् जस्तै हाइपर पिग्मेन्टेशन यो पुरै शरीरभरीको छालामा हुन्छ, छालामा खैरो किसिमको एक एक वटा धब्बाहरु बन्ने किसिमको दागलाई फ्रेकल्स भनिन्छ, छालामा ठूलो किसिमको धब्बा बन्ने दागलाई मेलास्मा भनिन्छ भने डण्डीफोर र घाउबाट पनि छालामा दाग बस्ने गर्छ ।

छालामा दाग हुनाले चिन्ता गर्दै बस्नुपर्ने कुरा त होइन तर सबै मान्छेलाई आफ्नो छालामा दाग नहोस भन्ने नै सोच्छन् । छालामा आउने दागहरु लाइट ब्राउन र डार्क ब्राउन खालको हुन्छन् । हाम्रो छालामा दाग आउनुको विभिन्न कारणहरु हुन्छन् घाममा एक्सपोज हुँदा छालामा दागहरु आउने गर्छ र यसलाई सन ड्यामेज भनिन्छ । घाममा धेरै एक्सपोज हुने एरिया जस्तै अनुहार, हात र पाखुरा इत्यादि ठाँउहरुमा दाग आउने सम्भावना धेरै हुन्छ ।

मेलास्मा हाम्रो छालामा हार्मोनल परिवर्तनको कारणले गर्दा आउने गर्छ । यो धेरै जस्तो महिलाहरुको छालामा आउने गर्छ । विशेष गरी गर्भवती महिलामा मेलास्मा आउने गर्छ भने हाम्रो छालामा आउने डण्डीफोर, घाउ, छाला पोल्दा, किराले टोक्दा पनि दाग बस्ने गर्छ । कस्मेटिक स्किन प्रडक्टको कारण छालामा हुने एलर्जिको कारणले पनि हाम्रो छालामा दाग बस्ने गर्छ र मधुमेहको रोगीहरुको छालामा दागहरु आउने गर्छ । छालामा आउने दागहरुको चिन्ता त गर्नु पर्दैन तर प्राय सबै व्यक्तिहरु आफ्नो छाला दाग रहित भएको नै मन पराउछन् । आफ्नो छालाको दाग हटाउनको लागि मानिसहरु विभिन्न उपायहरु अपनाइरहेका हुन्छन् वा छालाको डाक्टरकोमा गएर विभिन्न विधिबाट वा क्रिम औषधिहरु खाएर हटाउने कोसिस गरिरहेका हुन्छन् ।

यी दागहरु हामीले हाम्रो भान्छामा पाइने कुराहरुको प्रयोग गरेर नै हटाउन सक्छौ र यसको प्रयोग गर्दा हाम्रो छाला पनि राम्रो हुँदै जान्छ । छालाको दाग हटाउनको लागि घीउकुमारीको प्रयोग गर्न सकिन्छ घीउकुमारीमा हाइपर पिग्मेन्टेशन रोक्ने क्षमता हुन्छ । घीउकुमारीको जेल निकालेर राति सुत्नु अगाडी छालामा लगाउदा दाग कम हुँदै जान्छ र यसले सन स्क्रीनको पनि काम गर्छ ।
ग्रिन टिले पनि छालाको दाग हटाउन मद्दत गर्छ यसलाई पिउँदा पनि हुन्छ वा छालामा लगाउँदा पनि हुन्छ । चामलको पानी जसलाई माड पनि भनिन्छ यसको प्रयोग गरि छालाको दाग हटाउन सकिन्छ । चामलबाट आजकाल क्रिम पनि बन्न थालिसकेको छ त्यसैले चामलबाट बनेको क्रिमको प्रयाग गरि छालाको दाग हटाउन सकिन्छ ।

बेसारको प्रयोग गरेर पनि छालाको दाग हटाउन सकिन्छ । दुध, दहीमा बेसार मिसाएर फेस प्याक बनाएर छालामा लगाउँदा दाग हट्दै जान्छ अथवा अहिले बजारमा बेसार रहेको थुप्रै किसिमको क्रिमहरु पनि पाइन्छ ती क्रिमहरुले पनि दाग हटाउन मद्दत गर्छ ।
अनारको दानालाई पिसेर फेस प्याक बनाई छालामा लगाउँदा पनि दाग हट्छ त्यसै गरी अंगुरको दानालाई पनि पिसेर पेष्ट बनाएर लगाउँदा दाग हट्छ । चियाको पातलाई पानीमा उमालेर सिरमको रुपमा लगाउँदा दाग बिस्तारै हराउाँदै जान्छ । गोलभेडाको पेष्ट बनाएर फेस प्याक बनाई लगाउदा छालामा भएको दाग हट्दै जान्छ र केसर कुनै पनि फेस प्याक बनाउदा मिसाएर लगायो भने यस्ले पनि छालाको दाग हटाउन मद्दत गर्छ ।

यदि हार्मोनल परिवर्तन वा शरीरमा आन्तरिक रोग लागिरहेको छ भने यस्तो समयमा छालामा आएको दागलाई हामीले रोक्न सक्दैनौ तर घामको कारणले आउने दागलाई भने रोक्न सक्छौ । घाममा निस्किनु भन्दा अगाडी सधै SPF ३० भएको सनस्क्रिनको प्रयोग गर्ने । बिहान १० देखि बेलुकी ४ बजेको घाममा नबस्ने र घाममा निस्किदा छाताको प्रयोग गर्ने यति गरेर हामीले आफ्नो छालामा दाग आउनबाट रोक्न सक्छौ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button