समाचार

पहिलो आकाशे पुलको उद्घाटन-Goodnews24

Gobal IME Bank

चितवन, ३ माघ- पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन्।

पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वृद्धवृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो छ, त्यसैलाई ध्यानमा राखेर पुल निर्माण ग¥र्यौं ।” नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

वनका अनुसार राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ । यसले सडक दुर्घटनामा कमी ल्याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख वन, उपप्रमुख विमला दवाडी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कँुवर र उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

नगरपालिकाका इञ्जिनीयर पङ्कज गिरीका अनुसार ४२.३ मिटर लम्बाई, ५.३ मिटर उचाई, तीन मिटर चौडाइको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उहाँका अनुसार रु दुई करोड ३९ लाख ९२ हजार २७० को लागतमा पुल निर्माण गरिएको हो।

पुल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ । विसं २०७६ फागुन २ गते असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का लगाइएको भए पनि कोभिडका कारण पुस मसान्त सम्मका लागि समय थप गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button