अन्यसमाचार

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रालाई विदाई

Female Football Player

Gobal IME Bank

काठमाडौं। व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल जान लागेकी हुन् । सावित्रा अगष्ट १ मा ईजरायल जानेछिन् ।

सिंहदरबारमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ,अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले सवित्रालाई बिदाइ गरिएको हो ।

हापोएल रानानाले सावित्रासँग सम्झौता गरिसकेको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना थियो र त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् ।

युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको भन्दै सावित्राले खुसी व्यक्त गरिन् । ‘मेरा लागि यो फरक र नयाँ गन्तव्य हो, मेरा लागि यो नयाँ चुनौती हो, म त्यसका लागि तयार छु’, भारतीय क्लबबाट व्यावसायिक लिग खेलिसकेकी सावित्राले भनिन् ।

मन्त्री लिम्बुले सावित्रा नेपाली फुटबलमा ठूलो सम्भावना बोकेको खेलाडी रहेको भन्दै ईजरायलमा पनि राम्रो खेल प्रदर्शन गर्न शुभकामना दिए ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपालको खेलाडीले युरोपको क्लबमा खेल्न पाउनु खुसीको अवसर रहेको बताए ।

नेपालका लागि इजरायली राजदूत हानन गोदरले यो खुशीको क्षण भएको र सावित्राको खेल हेर्न सबै उत्सुक रहेको बताए ।

घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

केही समयअघि भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । जहाँ उनी २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जित्न सफल भएकि थिइन्। यस अघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button