मुख्य समाचारसमाचार
गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त हुनु भएको छ ।
३३ सांसदको समर्थन प्राप्त गर्नुभएका एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गर्नुभएको हो ।
अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । अधिकारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।