समाचार

सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ – GoodNews24

Gobal IME Bank
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युुवराज खतिवडा शुुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९) कोे स्वाब परीक्षण गराउँदै ।

काठमाडौँ । सङ्घीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुनुहुन्थ्यो । उहाँहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।

आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।  महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button