शिक्षा स्वास्थ

चोर परिवर्तन भएको कथा- GoodNews24

Gobal IME Bank

classroom

एउटा विद्यार्थीले प्रिन्सिपलसँग भन्याे।
प्रिन्सिपल -सर ! हिजाे बुबाले मेराे जन्म दिनमा दिनु भएकाे महंगाे घडी हरायाे ।
प्रिन्सिपल: कहाँबाट हरायाे ?
विद्यार्थी: यही कक्षा काेठाबाट हरायाे सर !
प्रिन्सिपल: कसरी हरायाे ?
विद्यार्थी: म टिफिन टाइममा घडी यही टेबुलमा राखेर बाहिर गएकाे थिए, आउँदा टेबुलमा घडी थिएन सर !
प्रिन्सिपल: त्यसाे भए त्यो समयभित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू काेही आएका थिएनन । तिमीहरू सबै लाइनमा बस र सबैले आ-आफ्नाे आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रिन्सिपलले सबैकाे पकेट छाम्याे । एउटाकाे पकेटमा घडी भेटियाे। प्रिन्सिपलले घडी फिर्ता गरिदिए ।

चाेरी गर्ने केटा डरायाे । उ अब मैले चाेरेकाे कुरा कक्षाभरी फैलन्छ भन्ने डरमा बसिरह्यो । एकदिन दुई दिन गर्दै समय बित्दै गए तर उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आ-आफ्नाे कर्ममा लागे ।
चाेर्ने केटा ठूलाे इण्डस्ट्रीकाे मालिक बन्याे । एक दिन उसलाई पुरस्कृत गर्ने कार्यक्रम थियाे । उक्त कार्यक्रममा उसको प्रिन्सिपल पनि आएका थिए । केटा प्रिन्सिपलसँग गएर प्रिन्सिपललाई धन्यवाद ज्ञापन गर्दै भन्याे “ आज म जुन स्थानमा छु सर हजुरकै देन हाे । म हजुरकाे त्याे गुन कहिल्यै भुल्दिन । प्रिन्सिपल आश्चर्यमा पर्दै भने “मैले त्यस्ताे के गरे र तिमी याे सब भन्दैछाै ?” विद्यार्थीले भन्याे हजुरले त्याे दिन मैले घडी चाेरेकाे कुरा कसैलाई भनिदिनु भएन र म आज जिउदो मात्र हैन, याे स्थानमा छु, त्याे कुरा विद्यालयमा फैलिएकाे भए म सायद त्यही दिन आत्महत्या गर्थें ।”
प्रिन्सिपल आश्चर्यमा पर्दै भने: “त्याे केटा तिमी थियाै?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयाे ?” प्रिन्सिपलले भने मैले त्याे दिन तिमीहरूले जस्तै मेराे आँखामा पनि कालाे पट्टीले बाँधेकाे थिए ताकि घडी लिने विद्यार्थी मैले नचिनु , म चाहन्थे कि मेराे विद्यार्थी मेराे नजरबाट नगिराेस्। याे कुरा सुनेर विद्यार्थी झन् आँखाभरी आँसु लिंदै प्रिन्सिपललाई अँगालेर राेयाे ।
गल्ती कसबाट हुँदैन ? आज हामी अरूकाे गल्ती खाेज्दै हिंड्छाै ,बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छाैं । जबकि हामी काेही गल्ती नगर्नेमा पर्दैनाै । सबैले सानाे-ठूलाे गल्ती गरिरहेकै हुन्छाै । के कसैकाे गल्ती हामीले माफ गर्न सक्दैनाै ? गल्ती ढाक्न सक्दैनाै ? सुध्रने माैका दिन सक्दैनाै ?

गुड न्यूज 24 डट एनपी

www.gudnews24.com
GoodNews Media

goodnews24 banner
यो पनि हेर्नुहोस् । 

http://gudnews24.com/goodnews-dad-n-son/

 

http://gudnews24.com/how-to-ride-a-motorcycle/

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button