समाचार

हाँडीगाउँको विकासका लागि रु एक करोड बजेट-GoodNews24

Gobal IME Bank

काठमाडौँ, ४ मङ्सिर । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रबद्र्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।काठमाडौं –५ मालीगाउँस्थित ऐतिहासिक ध्येः छेंः को पुनर्निर्माणका लागि स्थलगत निरीक्षण गर्दै शाक्यले सो क्षेत्रको अनुसन्धानका लागि रु एक करोड व्यवस्था गरिएको र महानगरपालिकाका तर्फबाट चाँडै सो क्षेत्रका पुरातात्विक सम्पदाको अध्ययन गरिने बताउनुभयो ।

काठमाडौं उपत्यकामा साँखुपछि दोस्रो पुरानो बस्ती हाँडीगाउँ क्षेत्रमा पुराना मठमन्दिर, जात्रा तथा पर्वको संरक्षण तथा प्रबद्र्धन गर्नु महानगरपालिकाको आफ्नो दायित्व रहेको स्पष्ट गर्दै शाक्यले मैतीदेवी मन्दिरको खट तथा देवता राख्ने घरको मङ्सिरभित्र परम्परागत स्वरूपमा शिलान्यास गरिने जानकारी पनि दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button