शिक्षा स्वास्थ

बच्चाहरूलाई रिजेक्सन र घृणालाई सम्हालन कसरी सिकाउने ?

Teach children to handle rejection and hate !

Gobal IME Bank

 

उमेर बढ्दै गए पछि हाम्रो अनुभव र सिकाइले हाम्रो व्यक्तित्व विकासको लागि मद्दत गर्छ। हाम्रो परिवारले हामीलाई जोखिम र कठिन क्षणहरूमा सही निर्णय लिन सिकाउँछन्।

पछिल्ला केही समयमा यस्ता धेरै घटनाहरु सार्वजनिक भएका छन्, जसमा किशोर किशोरीहरुले रिसको कारण अप्रिय र हिंसात्मक किसिमको कदम चालेको देख्न सकिन्छ ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि अभिभावकको हैसियतले हामीले आफ्ना छोराछोरीलाई के सिकायौं त ? के हामी तिनीहरूलाई बाल्यकालदेखि नै घृणा र अस्वीकृतिको सामना गर्न सिकाउन सक्छौं ?

सम्बन्धमा तिरस्कार, घृणाले सबैलाई भित्रभित्रै विचलित बनाउँछ, तर अभिभावकले आफ्ना छोराछोरीलाई घृणा र तिरस्कारबाट कसरी अगाडि बढ्ने भनेर सिकाउनुपर्छ । यसको सहि ढंगले कसरी सामना गर्ने भनेर सिकाउनु पर्छ ।

बच्चाहरूलाई सिकाउनै पर्ने कुराहरू:

१) बच्चालाई भावनात्मक रूपमा बलियो बनाउनुहोस्

बच्चालाई बुझाउनुहोस् कि उसले भावनाहरू कसरी चिन्न र बुझ्न सक्छ। हामी कसरी स्वस्थ तरिकाले यसको सामना गर्न सक्छौं रु यसका लागि उनीहरूलाई मद्दत गर्नुहोस्, जस्तै उनीहरूको लागि आफ्ना भावना व्यक्त गर्न मिल्ने किसिमको वातावरण बनाउने र उनिहरुको भावना र समस्याहरूको बारेमा ध्यान दिएर सुन्ने र त्यसको समाधान गर्ने र उनीहरूलाई आवश्यक पर्दा मद्दत वा समर्थन गर्ने । यसो गर्दा उनीहरु अभिभावकलाई हरेक किसिमको भावना व्यक्त गर्न हिचकिचाउदैनन् ।

२) आत्मसम्मान सिकाउनुहोस्

आफ्ना बच्चाहरूलाई सकारात्मक आत्म–सम्मान प्रवर्द्धन विकास गर्न सिकाउनुहोस् उनीहरूको क्षमताहरूमा विश्वास गर्न सिकाउनुहोस । बच्चाहरूलाई उनीहरूले रुचि राख्ने कुराहरू पछ्याउन प्रोत्साहन दिनुहोस्, उनीहरूलाई लक्ष्यहरू तय गर्न सिकाउनु होस् उनीहरूलाई मानसिक रूपमा बलियो बन्न सिकाउनुहोस् । उनीहरुलाई जटिलताहरूको सामना गर्न सिकाउनुहोस् साथै, कसैले आफ्नो आलोचना गरेको छ वा उनीहरुलाई अस्वीकार गरेको छ भने हृदयमा लिनु हुँदैन र यसको बारेमा सकारात्मक रुपमा सोच्न सिकाउनु होस् ।

३) खुला संचारलाई प्रोत्साहित गर्नुहोस्

घरमा यस्तो वातावरण बनाउनुहोस् जसमा बच्चाले बिना कुनै डर र हिचकिचाहट तपाईंसँग आफ्ना विचार, समस्या र अनुभवहरू साझा गर्नुहोस्। साथै, बच्चाहरूलाई मित्रता, पारिवारिक र रोमान्टिक सम्बन्धहरूको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन दिनुहोस्। उनीहरूलाई दृढतापूर्वक बोल्न र अरूको कुरा सुन्न सिकाउनुहोस्।

४) स्वस्थ सम्बन्धको उदाहरण बन्नुहोस्

हरेक बच्चा आफ्नो आमाबाबुबाट प्रभावित हुन्छ । तपाईले आफुले जस्तो व्यवहार गर्नुहुन्छ, बच्चाले पनि त्यही सिक्छ । त्यसैले सम्बन्धको महत्व र आफ्नो व्यवहारलाई यसरी राख्नुहोस् कि त्यो बच्चाको लागि उदाहरण बनोस्। आफ्नो पार्टनर, परिवार र साथीहरूसँग स्वस्थ सम्बन्धको उदाहरण बन्नुहोस्। उनीहरूलाई देखाउनुहोस् कि कसरी द्वन्द्वहरूको सकारात्मक रूपमा समाधान गर्न सकिन्छ। सहानुभूति र समझदारी कसरी खेती गर्न सकिन्छ भनेर सिकाउनुहोस् ।

५) मानसिक रुपमा बलियो बन्न सिकाउनुहोस्

बच्चाहरूलाई बताउनुहोस् कि असफलता र अस्वीकार जीवनको एक भाग हो। कहिले चारै तिरबाट सफलता र ताली मिल्नेछ, कहिले निराशाको सामना गर्नु पर्नेछ । उनीहरूलाई असफलताबाट पनि सिक्न प्रोत्साहन दिनुहोस् । शान्ति र समझदारीका साथ समस्या र द्वन्द्वको समाधान गर्न सिकाउनुहोस्।

  • Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button