बच्चाहरुको उचाई बढाउनका लागि के गर्ने ?
एजेन्सी । बालबालिकाको शारीरीक विकासमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारीपुर्वक भूमिका निर्वाह गरिरहेका हुन्छन् । बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक बिकासका लागि विभिन्न पोषक तत्वका साथै उचित स्याहारको आवश्यकता हुन्छ ।
बालबालिका दुई वर्षको भएपछि उनीहरुको हड्डी तथा मांशपेशीहरु मजबुत हुन थाल्छ र बच्चाहरु हिड्हुल गर्न सक्ने हुन्छन्। यसका लागि उनीहरुलाई विभिन्न पौष्टिक तत्वको आवश्यकता पर्छ ।
हरेक बच्चाको एक वर्षमा २.५ इन्च उचाइ बढ्छ । उनीहरुको उचाई बढ्नमा हर्मोन, पोषण, व्यायाम साथै स्वास्थ्यमा भर पर्छ त्यसका लागि विभिन्न पौष्टिक तत्व बालबालिकालाई खुवानुपर्ने हुन्छ ।
१) दूधजन्य पदार्थ
बाबालिकाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु पनिर, मख्खन, चीज, दही जस्ता खानेकुराको सेवन गर्नु उनीहरुको स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसमा प्रोटिन तथा क्यालिसयम प्रशस्त मात्रामा हुन्छ । जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ ।
२) अण्डा
अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन आदि जरुरी पोषक तत्व पाइन्छ। जसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न मद्दत मिल्छ ।
३) चिकेन
चिकेनमा भरपुर मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ जसले बच्चाको शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।
४) केरा
केरामा प्रशस्त मात्रामा विभिन्न प्रकारका भिटामिन पाइन्छ । यसको नियमित सेवनले प्राकृतिक रुपमा उचाई बृद्धि गर्न मद्दत गर्छ । केरामा म्मयाग्नेसियम, पोटासियमका साथै क्याल्मल्सियम जस्ता पोषक तत्वहरु पाइन्छ ।