Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज (भिडियो सहित) – GoodNews24

काठमाडौं। फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ भएकी छिन् । उनलाई केही बेरअघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको छ ।

स्वस्थ भएर अस्पतालबाट घर फर्कदै गर्दै ती युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन् ।

ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन्। फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले उनलाई टेकु अस्पताल ल्याएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत: क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचार गराएकी यिनी नेपाल आएपछि संक्रमण भएको पत्तो लाग्नासाथ नै सरकारले अन्तर्राष्ट्रिय उडान नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए । यो काेराेना विरूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो ।

नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो। उनी निको भइसकेका छन् ।

कोरोना भाइरसबाट निको भएपछि के बोलिन् ? – भिडियो हेर्नुस्

 

यो पनि पढ्नुहोस् ..

 

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3875″]

[irp posts=”3930″] [irp posts=”5305″] [irp posts=”4991″] [irp posts=”3399″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button