मनोरञ्जनमुख्य समाचारसमाचार

भोलिदेखि काठमाडौं महानगरभित्र भारतीय फिल्म रोक्ने मेयर बालेनको तयारी

Gobal IME Bank

काठमान्डौ । भोलिदेखि काठमाडौं‌ महानगरपालिकाले महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । भारतीय चलिचित्र ‘आदिपुरुष’ मा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगरले जनाएको छ ।

काठमाडौंका मेयर बालेन शाहले गत शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए । तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश नहटाइएपछि भोलिदेखि भारतीय फिल्म प्रदर्शनमा महानगरले रोक लगाउने तयारी गरेको हो ।

बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button