मुख्य समाचारशिक्षा स्वास्थसमाचार
कम उमेरमै देखिँदै उच्च रक्तचापको समस्या, लक्षण र यसबाट बच्ने उपायहरु
काठमाडौं । बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या देखिनु सामान्य नै हो तर वर्तमान अवस्थामा धेरै उमेर नहुँदै मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थालेको छ ।
दैनिक जीवनशैली, खानपान र मानसिक तनावजस्ता कारणहरुले कम उमेरमै उच्च रक्तचापको समस्याले मानिसहरुलाई सताइरहेको छ । के तपाईलाई पनि उच्च रक्तचाप त छैन् ? यसका लक्षण र उपायहरु हेर्नुहोस्
उच्च रक्तचापका केही लक्षणहरु:
- टाउको दुख्ने,
- वाकवाकी लाग्ने
- रिंगटा लाग्ने
- एक्कासी नाकबाट रगत बग्ने
- थकान महसुस हुने
- मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने
यसबाट बच्ने केही उपायहरु:
- रातो र धेरै बोसोयुक्त मासु कम खाने
- हरिया सागसब्जी र फलफूल धेरै खाने
- खानामा नुनको प्रयोग कम गर्ने
- धुम्रपान तथा मदिरा सेवन नगर्ने
- नियमित ब्यायाम तथा योग गर्ने