मुख्य समाचारसमाचार
गृहमन्त्री तत्काल नियुक्त गरियोस्- सांसद ज्ञानेन्द्रबहादुर शाही
काठमाडौं। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभाको बैठकमा बोल्दै तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएको छ ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनाबारे बोल्दै देशमा सरकार नभएको आभास गराएको बताउनुभयो ।
त्यस्तै सांसद शाहीले गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक र लुटपाट भएको भन्दै तत्काल गृहमन्त्री नियुक्त गर्न माग गर्नुभएको हो ।