मानिसको आँखाले एक करोड फरक रङ्ग छुट्याउन सक्छ ! रोचक तथ्यहरु
एजेन्सी । मानव आँखा दृष्टिको लागि जिम्मेवार र जटिल अंग हो। मानव शरीरमा सबैभन्दा महत्त्वपूर्ण संवेदनशिल अंग हो र हामीलाई हाम्रो वरपरको संसार बुझ्न अनुमति यिनै आँखाहरुले दिन्छन्। अब आँखाको बारेमा केही रोचक तथ्यहरु हेरौं ।
१) एक स्वस्थ मानिसले प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र वर्षमा ६० लाख पटक ।
२) मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ ।
३) आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगत प्रवाह हुँदैन ।
४) एउटा आँखाको तौल करिब २८ ग्राम हुन्छ ।
५) आँखा खुल्ला राखेर हाछिउ गर्न सम्भव हुँदैन् ।
६) जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन् ।
७) भर्खर जन्मेको बच्चाको रुँदा पनि आँसु आउँदैन ।
८) हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करिब ३० मिनेट झिम झिम गर्दा बन्द हुने गर्छ ।
९) आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।
१०) पृथ्वी समतल भएको भए आँखाले ५० कि.मी पर रहेको बलिरहेको बत्ति देख्ने क्षमता हुन्छ ।