समाचार

घट्दै कोरोना सङ्क्रमण ः बढ्दै निको हुने दर-Goodnews24

Gobal IME Bank

काठमाडौँ, ३ पुस- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजार माथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु सुखद खबर रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ । निको हुने दरमा क्रमशःवृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उहाँहरुको बुझाइ छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मात्रै पाँच हजार ७०६ को परीक्षण गर्दा जम्मा ७८२ मा मात्रै सङ्क्रमण देखिएको छ । जसमा ३०५ महिला र ४७७ पुरुष छन् । गएको २४ घण्टामा मात्रै एक हजार २९ निको भएका छन् । यसले सङक्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको देखिएको छ । सङ्क्रमितमध्ये निको हुने दर वृद्धिहुँदै ९५ दशमलव ६ प्रतिशतमा पुगेको छ । यसले कोरोनाबाट उच्च सावधानी अपनाउँदा जोखिमबाट जोगिन सक्ने तथ्याङ्कले पुष्टि गर्छ ।

हालसम्म मुलुकभर दुई लाख ५२ हजार सङ्क्रमति भएको विवरण छ । निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ । आइसोलेसनमा नौ हजार ३१७ सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म कोभिड–१९ भएका एक हजार ७६५ को मृत्यु भएको छ । आजमात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । हाल ४२७ क्वारेन्टिनमा रहेक छन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button