प्रेम, विवाह, याैनसमाचार

क्वालिटि शुक्राणु बढाउने खाद्यपदार्थहरु के के हुन्, पढ्नुहोस् – Good News 24

Gobal IME Bank

नेपालमा यौन तथा प्रजननका बारे प्रशस्त जानकारी मानिसहरुमा छैन किनकी यसबारे हाम्रो समाजमा खुलेर छलफल गरिदैन । गर्वधारणमा महिला पुरुष दुवै उतिक्कै सकृय हुनु आवश्यक छ । त्यो भन्दा पनि पुरुषमा हुने शुक्राणुको सकृयता झन महत्वपूर्ण हुन्छ । सकृय शुक्राणुलाई हामी क्वालिटी शुक्राणु भन्दछौ जसले गर्भ रहनमा महत्वपूर्ण भूमिका खेल्दछ ।
प्रजनन तथा गर्भधारणका लागि पुरुषको विर्यमा हुने शुक्राणुको महत्वपुर्ण भुमिका रहन्छ । सकृय शुक्राणुबाट गर्वधारण हुने सम्भावना प्रवल हुन्छ । उमेर बढि भएको पुरुषहरुको शुक्राणुमा गतिशिलता कम हुन्छ । अध्ययनका अनुसार शुक्राणुको गणना संख्या उमेर बढे सँगै कम हुदै जान्छ । शुक्राणुको सकृयता अथवा क्वालिटि गर्भधारणको लागि महत्वपुर्ण कुरा हो । शुक्राणुको मोरफोलोजी (आकार) राम्रो नहुँदा गर्भपात पनि हुने जोखिम बढ्छ । यदि परिवारमा सदस्य बढाउने सोचिरहनुभएको छ, प्रेग्नेन्सीको योजना बनाउनु भएको छ भने महिलामात्र होइन पुरुषको तर्पबाट पनि आफ्नो शुक्राणुको उत्पादन गुणस्तर बढाउन कोसिस गर्नुपर्छ । यसको लागि चिकित्सकलाई नै भेट्नुपर्दैन र घरकै खाद्यपदार्थको सहायताले पनि पुरुष शुक्राणुको उत्पादन र गुणस्तर बढाउन सकिन्छ । के के हुन् शुक्राणु प्रडक्ट क्वालिटि बढाउने खाद्यपदार्थहरु पढ्नुहोस् ।

१. अण्डा
अण्डा शुक्राणु प्रडक्ट क्वालिटि क्वालिटि बढाउनको लागि राम्रो मानिन्छ । अण्डामा भिटामिन E र प्रोटिन हन्छ यसले शुक्राणुको क्वालिटि, प्रडक्सन र गणनालाई बढाउछ । अण्डामा भएको भिटामिनले शरिरमा हुने फ्रि रेडिकललाई कम गर्छ ।

२. पालुङ्गो
पालुङ्गो फ्रोलिक एसिड र आइरन पाइने राम्रो श्रोत हो । यी भिटामिनहरुले शुक्राणुको मोरफोलोजी (आकार) को क्वालिटि राम्रो बनाउनुको साथै उचित शुक्राणु ट्रान्सपोर्टेसनमा पनि मद्दत गर्छ ।

३.केरा
केरामा भिटामिन A, B र C हुन्छ जसले शुक्राणु प्रडक्सन क्वालिटिलाई बढाउछ । यसमा एन्टी इनफ्लेमेटोरी पनि हुन्छ जसले शरिरमा हुने सुजन कम गर्ने काम गर्छ ।

४.ओखर
ओखरमा एन्टि अक्सिडेन्ट , ओमेगा ३ फ्याट पाइन्छ जसले रगत प्रवाह गर्छ । यसमा आरजिनिन पनि हुन्छ र यसले वीर्यको भोल्युम बढाउछ ।

५. डार्क चकलेट
डार्क चकलेट अमिनो एसिडको श्रोत हो जसले शुक्राणुको भोल्युम र यौन इच्छा बढाउछ । यदि गर्भधारणको योजना गरिरहनु भएको छ तर यौन इच्छा भएको छैन भने डार्क चकलेट खाँदा मद्दत मिल्छ ।

६. कुरिलो
कुरिलोमा भिटामिन C हुन्छ, जसले शुक्राणुमा सकारात्मक प्रभाव पार्छ , सेल टेस्टिकलको रक्षा गर्छ , फ्रि रेडिकलसँग लड्न मद्दत गर्छ र शुक्राणु प्रडक्सन बढाउछ ।

७. ब्रोकाउलि
ब्रोकाउलि फोलिक एसिड र भिटामिन द्य पाइने राम्रो श्रोत हो । यसले साधारण स्वास्थ्यलाई राम्रो अवस्थामा राख्छ र शुक्राणुको मोरफोलोजीको क्वालिटि राम्रो बनाउन मद्दत गर्छ ।

८.अनार
अनारमा आइरन र फोलिक एसिड पाइन्छ जसले तनाव कम गर्छ र फ्रि रेडिकल कम गर्छ ।

९. लसुन
लसुनमा भिटामिन B6 र सिलियम हुन्छ यी भिटामिनहरुले शुक्राणु प्रडक्ट क्वालिटि बढाउछ ।
यी सबै खाद्यपदार्थमा रिसर्च र स्टडीहरु गरेर यसका फाइदाहरु पत्ता लगाइएको हो । यी खाद्यपदार्थ हप्तामा २ वा ३ पटक खाँदा फाइदाजनक हुन्छ । यी खाद्यपदार्थहरुमा पाइने भिटामिनहरुले शुक्राणुको क्वालिटि र डिएनएलाई पनि राम्रो बनाउछ र प्रेग्नेन्सी हुने मौका बढ्छ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button