समाचार
पत्रकारहरूलाई निःशुल्क दुर्घटना बीमा -Good News 24
वीरगञ्ज, ११ असार । वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क दुर्घटना बीमा गरिदिने भएको छ । पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो ।
महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरि आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।