अन्यसमाचार

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात -GoodNews24

Gobal IME Bank

खलङ्गा । चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ ।
जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब रु १६ लाख ५९ हजार ६४७ राजश्व सङ्कलन भएको छ ।
काठबाट रु चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा विभिन्न प्रकारका जडीबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएकोे तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button