मनोरञ्जनमुख्य समाचारसमाचार

‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने

Gobal IME Bank

काठमाडौँ । चलचित्र ‘नालापानी’ मा निर्देशन गर्नुभएका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्नुहुने भएको छ ।

विसं १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि लेखन कार्य भइरहेकोे उहाँले जानकारी दिनुभयो । नालापानी हेरेपछि पछि दर्शकको पनि अपेक्षा बढेको छ ।

हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर नयाँ पुस्तासम्म पुर्‍याउनु हामी चलचित्रकर्मीको दायित्व पनि हो”, निर्देशक अधिकारीले भन्नुभयो,“यो चलचित्र निर्माण सहज छैन, यद्यपि समय लगाएर पनि यसलाई पर्दामा ल्याउनेछु ।

यस्ता चलचित्रलाई निर्माण गर्न राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ।” पछिल्लो चलचित्र नालापानीमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्था र राज्यबाट अपेक्षाकृत सहयोग नपाएको उहाँको गुनासो थियो । ‘कोतपर्व’ महेश दवाडीले लेखिरहनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button