समाचार

बेरोजगारी न्युनिकरणका लागि काम गर्ने : अध्यक्ष महत

Gobal IME Bank

ललितपुर, १ असार ।  ललितपुर महानगरपालिका – १४ का वडा अध्यक्ष अमृत जंग महतले वडाको बेरोजारी समस्यालाई न्युनिकरण गर्नको निम्ती प्रभावकारी काम गर्ने बताएका छन । बुधबार गूड्न्युज-२४ संग कुरा गर्दै उहाँले वडा भित्र रहेका ३० वटा टोल बिकास सिमितीसंग सम्मुनय गरेर कामहरु गरिने बताएका छन । उनका अनुसार ५ बर्षे गुरु योजना अनुसार कामहरु गर्दै जाने, जस्मा शिक्षा, श्वास्थलाई प्राथमिकतामा राखिने । सरकारी बिद्यालयहरुलाई निजी सरह बनाउने । बेरोजगारी न्युनीकरणको लागि वडा भित्रका बैंक तथा बित्तिय संस्था लगायत निजी कार्यालयहरुसंग सम्मुनय गरी युवाहरुलाई रोजगारीको अवसरहरु प्रदान गर्ने बताएका छन । साथै उनले भने “सुशासन र सुरक्षाका लागि पहल र कामहरु गर्ने छौ । सबै योजनाहरुलाई सबै संग हातेमालो गर्दै अगि बढ्ने छौ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button