अन्यसमाचार

मुसहर बस्ती निर्माणका लागि यादव दाजुभाइले गरे जग्गादान -GoodNews24

Gobal IME Bank

महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन ।

प्रदेशसभा सदस्य भरतप्रसाद साहको संसदीय बजेटमार्फत फुलकाहामा निर्माण हुन लागेको मुसहर बस्तीका लागि सहयोगस्वरुप स्थानीयवासी लट्टु यादव, रामबाबु यादव, गगनदेव यादव र मदन यादवले सामूहिकरुपमा एक कट्ठा आठ धुर जग्गा दान गरेका हुन् ।

चार कट्ठा क्षेत्रफलमा यसै आर्थिक वर्षभित्र निर्माण हुने सो बस्तीका लागि जग्गा अपुग भएपछि प्रदेशसभा सदस्य साहको आग्रहले यादव दाजुभाइले जग्गादान गरेको विद्यार्थी नेता सूर्यनारायण साहले बताउनुभयो । सुकुम्वासीका रुपमा बसोबास गर्दै आएका ३७ घरपरिवारका लागि फुलकाहामा एकीकृत मुसहरयो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″] बस्ती निर्माण हुने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button