Grace Computer Jawalakhel
अन्यगुड न्यूज 24शिक्षा स्वास्थसमाचार

माछा खादा काँडा घाँटीमा अड्केमा के गर्ने ?

goodnews

माछा सबैको मन पर्ने परिकार हुन सक्छ । घरमा फरक परिकार बनाउने क्रममा तपाईंको लिष्टमा माछा परिकार हुन सक्छ । माछा स्वादिष्ट परिकार हुँदा हुँदै पनि कसै कसैलाई भने माछामा भएको काँडा अड्कने डरले गर्दा माछा खान कठिन हुन्छ । माछा खादा खाँदै कहिलेकाही घाँटी वा गलामा माछाको काँडा अड्किएमा अप्नाउनुहोस् यि उपायहरु,

१) पकाएको भात

माछा खादा कहिले काही माछाको काँडा घाँटी वा गलामा अड्किएमा पकाएको भातलाई स-सानो गोलो गोलो डल्लो बनाउनुहोस् । भातको गोलो गोलो डल्लोलाई नचपाइ बिस्तारै निल्ने। यसरी भातको गोलो गोलो डल्लोलाई २,३ पटक निल्दा घाँटी वा गलामा भएको माछाको काँडा सजिलै निल्न सकिन्छ।

२) सुख्खा रोटी
माछा खादा माछाको काडा अड्किएको छ् भने सुख्खा रोटीको प्रयोग गर्न सकिन्छ। सुख्खा रोटीलाई स-सानो टुक्रा टुक्रा पारी नचपाइ निल्ने। यसरी सुख्खा रोटीको टुक्रा टुक्रा गरी २,४ पटक नचपाइ निल्दा घाँटी वा गलामा भएको माछाको काँडा सजिलै निल्न सकिन्छ।

३) पाकेको केरा
माछाको काडा घाँटी वा गलामा अड्केको अवस्थामा पाकेको केरा खान सकिन्छ। पाकेको केरालाई स-सानो पिस बनाइ नचपाइ निल्ने। यसरी पाकेको केरा खादा पनि घाँटी वा गलामा अड्केको माछाको काडा सजिलै निल्न सकिन्छ।

४) चिउरा
घरमा भएको चिउरालाई पानीमा भिजाएर माछाको काँडा अड्किएको अवस्थामा भिजेको चिउरालाई हातले मज्जासङ्ग मुछेर स-सानो गोलो गोलो डल्लो बनाउने। त्यसलाई बिस्तारै नचपाइकन निल्ने। यसरी चिउराको डल्लोलाई खादा पनि घाँटीमा अड्केको माछाको काँडालाई सजिलै निल्न सकिन्छ।

५) जैतुनको तेल
माछा खादा माछाको काँडा अड्की रहेको छ भने जैतुनको तेललाई पिउदा नि हुन्छ। यसरी पिउदा घाँटीमा अड्किएको माछाको काँडालाई यसले निल्न मद्त गर्दछ।

नोट -माछा खादा वा खानु अघि कहिले पनि दही र दुध नखानु होस। कारण यसरी खादा शरीरमा असर पर्न सक्छ। जस्तै; दुबी जस्तो दाग आउन सक्छ । एलर्जी हुने र बिस्तारै शरीरै भरी फैलिन सक्छ। पेट दुख्ने र पेटमा असर पर्न सक्छ। बच्चा वा केटाकेटीको सवालमा कुनै बेला घाँटीको भित्रि भागमा गएर अड्केमा जतिसक्दो चाँडो नजिकैको अस्पतालमा लैजानुहोस् ।

गुड न्यूज डटकम डट एनपी
goodnews.com.np

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button