मनोरञ्जनमुख्य समाचारसमाचार

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतिविन्दुको शल्यक्रिया सफल, डा.रुइत लगाएतका टिमलाई दिए धन्यवाद

Gobal IME Bank

काठमाडौं । वरिष्ठ नेपाली हाँस्य कलाकार, अभिनेता, गायक तथा लेखक मदनकृष्ण श्रेष्ठले आफ्नो दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गर्नुभएको छ ।

उहाँले तिलगंगा आँखा प्रतिष्ठानमा डा.सन्दुक रुइत, डा. रिता गुरुङ्ग र डा. गोविन्द पौड्याल लगायतको समूहबाट आफ्नो दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गराउनुभएको हो । उहाँको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको प्रतिष्ठानले जनाएको छ ।

यता मोती बिन्दुको शल्यकृया गर्दा र आफ्नै देशको अस्पतालमा बनेको लेन्स राख्न पाउँदा आफुलाई निकै गर्व महशुस भएको मदनकृष्ण श्रेष्ठले पनि बताउनुभएको छ । साथै उहाँले डा.सन्दुक रूईत, डारिता गुरूं, डा. गोबिन्द पौड्याल तथा सम्पूर्ण टिमको जय होस भन्दै धन्यवाद पनि दिनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button