मुख्य समाचारसमाचार

नख्खु–भैँसीपाटी सडक निर्माण कार्यमा डा. तोसिमा कार्कीको पहल, सडक बिस्तार आयोजना प्रमुखसंग छलफल

Gobal IME Bank

काठमाडौं । ललितपुर ३ का नवनिर्वाचित सांसद् डा. तोसिमा कार्कीले नख्खु–भैँसीपाटी सडक निर्माणको कार्य अवरुद्ध भएको कारणबारे सडक बिस्तार आयोजना प्रमुख कृष्ण ओझासँग छलफल गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा बहुमतले निर्वाचित भए लगत्तै आफ्नो क्षेत्रको पूर्वाधार क्षेत्रको विकासमा उहाँले चासो दिनुभएको हो ।

बिगत लामो समयदेखि ललितपुरको नख्खु–भैंसेपाटी सडक निर्माण अबरुद्ध भएको र धुलाम्य र खाल्टाखुल्टी सडकले आम नागरिकहरुमा रोग निमित्नुका साथै दुर्घटना हुने सम्भावना पनि रहेको हुन्छ । डा. कार्कील् उक्त सडकको अवस्था र निकाशकोबारे सडक बिस्तार आयोजना प्रमुखसंग जानकारी लिनुभएको हो ।

त्यस्तै ठेकेदार र सम्बन्धित ईन्जिनियरलाई समेत फोन गरेर तत्काल काम सम्पन्न गर्न पनि कार्कीले अनुरोध गर्नुभएको थियो ।

सांसद्मा निर्वाचित भएलगत्तै ललितपुर क्षेत्र नं ३ को विकासमा निरन्तर जनताको साथमा रहेको र कार्कीले अबको कदम स्थलगत भ्रमण गरेर निरन्तर फलोअप, अपडेट र समन्वय गर्ने पनि बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button