मुख्य समाचारशिक्षा स्वास्थसमाचार

यस्ता हुन्छन् औलोका लक्षण, कसरी बच्ने औलोबाट ? थाहा पाउनुहोस्

Gobal IME Bank

एजेन्सी । हामी सबैले औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने फैलिने गर्छ । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरि यी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्छ ।

प्लाज्मेडियम फाल्सीफारम जातको औँलोले मानिसको मस्तिष्कमा समेत संक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान जाने जोखिम पनि हुन्छ। एनोफिलिज जातको पोथी लामखुट्टेको स्वस्थ्य मान्छेलाई टोक्दा मलेरियाको परजीवि सर्दछ ।

मानिसको शरीरमा प्रवेश भइसके पछि कलेजो र राता रक्तकोषमा विकसित भइ रगतको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर र मानिसको शरीरमा विभिन्न लक्षण देखा पर्दछ । समयमै मलेरियाको उपचार नगर्दा छोटो समयमै ज्यान जान सक्छ।

के हुन् त औलोका लक्षण ?

  • संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउनु
  • टाउको दुख्नु, वान्ता हुनु, जोर्नी दुख्ने
  • शरीरमा रगतको मात्रा कम हुने
  • शरीरका भित्री अंगहरु सुन्निने
  • थकान महसुस हुने

विश्व स्वास्थ्य संघले सन् २०१६ मा गरेको एक रिसर्च अनुसार विश्वभर २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार जनाले यसको कारणले ज्यान गुमाएको तथ्याङ रहेको छ ।

सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त नेपाल बनाउने सरकारको लक्ष्य रहेको छ । जसका लागि सरकारले औलोको जोखिममा रहेका समुदाय तथा स्वास्थ्यकर्मीलाई औलोबारे जानकारी तथा क्षमता अभिबृद्धि गर्ने अभियानहरु गर्ने तयारी पनि गरिरहेको छ ।

इपिडिमोलोजि तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेक कुमार लालका अनुसार सन् २०१८ देखि २०२२ सम्ममा स्थानीय स्तरमा औलो रोग ९० प्रतिशतले घटाउने लक्ष्य छ ।

विश्वव्यापी रुपमै औंलो रोग जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । सन् २००८ देखि अप्रिल २५ मा विश्व औलो दिवश मनाईंदै आइएको छ ।

औंलोबाट बच्ने उपाय

औंलोको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक छ। त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे नियन्त्रण गर्न निम्न उपायहरु अपनाउने :

  • झुल टाँगेर सुत्ने
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
  • सकेसम्म जति बेला पनि लामो बाहुला भएको लुगा लगाउने
  • लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
  • लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने

लामखुट्टे नियन्त्रण गर्ने उपाय

  • घर वरिपरि, कार्यालय, विद्यालयमा टायर, खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने
  • पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
  • गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
  • मलेरियाको शंका लागेमा नजिकैको स्वास्थ संस्थामा गएर रगत परीक्षण गरी मलेरिया भएको हो कि होइन पत्ता लगाउन सकिन्छ ।
  • औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ। सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क छ।
  • औलोको जोखिमयुक्त क्षेत्रमा वर्षको २ पटक लामखुट्टे बढी लाग्ने समयमा घर भित्र विषादी छर्किर्ने गर्नुपर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button