गुड न्यूज 24मुख्य समाचारसमाचार

यी हुन् मानसिक तनावबाट मुक्त रहने १० साधारण तरिकाहरु

Gobal IME Bank

एजेन्सी । तनावमुक्त रहनु, खुसी हुनु, मानसिक स्वास्थ्यको लागि राम्रो भएको मानिन्छ । शारीरिक स्वास्थ्य जत्ति नै हामीले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । मानसिक रुपमा अस्वस्थ्य भए हाम्रो दैनिकी नै प्रभावित हुन्छ भने यसको कारण जोखिमपुर्ण अवस्था पनि उत्पन्न हुन सक्छ । हामीलाई काम, पढाई वा अन्य कारणले गर्दा विभिन्न तनाव हुने गर्छ तनाव महसुस गर्दिन भने पनि यो हाम्रो हाम्रो नियन्त्रण हुने कुरा नभएको कारण यसलाई व्यवस्थापन गर्ने तरिका हामी अपनाउन सक्छौँ । आफ्नो मानसिकता कसरी स्वस्थ राख्ने र सुन्दर जीवनयापन कसरी गर्ने ? हेर्नुहोस्

१. व्यक्तिगत सम्बन्ध

तपाईको जीवनमा साथ दिने सहयोग गर्ने परिवार, आफन्त, र साथीभाई सँग राम्रो र स्वस्थ सम्बन्ध राख्ने । मानसिक तनाव भई रहेको समयमा व्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।

२. मनोरञ्जनलाई समय दिनुहोस्

आफ्नो दैनिक कार्यमा तपाई एकैछिन भएपनि नाचगान, खेल, चित्रकला आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । यस्ता कार्यहरु गर्दा हाम्रो तनाव कम हुनुका साथै हामी सन्तुष्ट र आनन्द महसुस गरि रहेको हुन्छौ ।

३. समूहमा सहभागी

आफुलाई मन पर्ने कार्यमा आफु जस्तै रुची भएका व्यक्तिहरुको समुहमा सहभागी हुने र रुचिका विषयमा कुराकानी र भावना विचार आदानप्रदान गर्दा मानसिक रुपमा स्वस्थ रहन मद्दत मिल्छ ।

४. सामूदायिक क्रियाकलाप

सामुदायिक क्रियाकलापमा सहभागी हुँदा आफूले समुदायमा केही योगदान दिन सकेकोमा खुसी मिल्छ । समुदायको विकास निर्माण जनचेतना, सामूदायिक हितका कार्यक्रममा स्वयंसेवक बनी आफ्नो श्राम, ज्ञान र अनुभव बाड्नुहोस् ।

५. आफ्नो हेरचाह

आफनो खानपान, सरसफाई, शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ । यसले तपाईको मानसिक स्वस्थ्यमा फाइदा पुर्याउछ ।

६. आफैलाई चुनौती

कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौती दिनुस्। चुनौती पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई व्यस्त र स्वस्थ राख्छ । चुनौती पुरा हुँदा तपाइको आफ्नो स्वयंको विकास भएको अनुभूति हुन्छ र खुसी महसुस हुन्छ ।

७. तनावको सामना

तपाईलाई कस्तो अवस्था र व्यवहारले तनाव महसुस हुन्छ । तनावको बेला तपाई कसरी प्रतिवाद गर्नुहुन्छ । यो आफैले बुझ्न जरुरी हुन्छ । यो बिरुद्ध निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सक्नुहुन्छ ।

८. पुनर्ताजकी

मानसिक रुपमा स्वस्थ रहन निन्द्राको ठूलो भूमिका हुन्छ । नियमित रुपमा सही समयमा सुत्ने र उठ्ने बानीले तपाईँलाई ताजा राख्छ । यसैगरी दिनभरीको कामको बीचबीचमा केही छोटो समय निकालेर कामको तनाबबाट पर रहने, टिभी हेर्ने, गफ गर्ने गर्नाले पुनः ताजा भई प्रभावकारी रुपमा काम सम्पन्न गर्न सकिन्छ ।

९. मद्दत

अरुलाई मद्दत गर्दा तपाइलाई खुसी त मिल्छ तर तपाइ आफै आफनो समस्याको बेला कति मद्दत माग्नु हुन्छ ? कतिपय समय काम र विभिन्न कारणले समस्या उतपन्न हुन्छ र यस्तो समयमा तपाइलाई मद्दतको आवश्यकता हुन्छ । यस्तो अवस्थामा ्निर्धक्क भएर मद्दत माग्नु हाम्रो लागि फाइदाजनक हुन्छ । यसले आफनो समस्या समाधानको उपाय अथवा मद्दत मिल्ने सम्भावना बढी हुन्छ र तपाइ मानसिक तनावबाट मुक्त हुन पनि मद्दत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button