शिक्षा स्वास्थसमाचार

पुदिनाका आठ फाइदाहरू

Mint

Gobal IME Bank

काठमाडौँ। नेपालको मध्यपहाडी भेगमा पुदिना प्रशस्त मात्रामा पाइन्छ। विशेषगरी ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा पुदिनाआफैं उम्रिएको हुन्छ। चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ।

यसलाई ताजा वा सुकाएर दुवै रूपमा सेवन गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिसाएर खाना सकिन्छ। आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ।

पुदिनाको आयुर्वेदेक औषधिमा प्रयोग गरिएको हुन्छ। पुदिना बहुउपयोगी जडिबुटी हो।

 पुदिनाको केही फाइदाहरूः

१. पुदिनाले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउन, थकान घटाउने मद्दत गर्छ।

२.पुदिना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ। यसले छालामा चमक ल्याउने, सफा राख्न मद्धत गर्ने, डन्डिफोर आउन नदिने काम गर्छ।

३. बान्ता हुने तथा टाउको दुखाइको समस्या समाधान पनि गर्छ।

४. पुदिनाले नाक, घाँटी, स्वासनली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ।

५. दमका बिरामीलाई पनि पुदिना लाभदायक मानिन्छ।

६. पुदिनाको प्रयोग तौल नियन्त्रका लागि उपयोगी छ। यसले आलस्यता पनि हटाउँछ।

७. पुदिनाले जिब्रो र दाँत पनि सफा राख्न, कपालाई झर्नबाट रोक्न पनि मद्धत गर्छ।

८. पुदिनाले खोकी कम गर्न पनि सहयोग गर्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button