समाचारसूचना प्रविधि

कसैले हाम्रो मोबाइल ट्रयाक गरिरहेको छ भने कसरी थाहा पाउने ?

Gobal IME Bank

काठमाडौँ । हाम्रो मोबाइलमा हामीले धरै पर्सनल जानकारीहरु जस्तै मेसेज, फोटो, सोसल मिडिया अकाउन्ट, बैंक ट्रानज्याक्सनको जानकारी र महत्वपुर्ण डक्युमेन्टहरु राखेको हुँन्छौ । अहिले त धेरै व्यक्तिहरुको मोबाइलमा इ बैंकिङको पनि प्रयोग भई रहेको हुन्छ । यी सबै जानकारीहरु अत्यन्तै प्राइभेट र पर्सनल हुन्छन् ।

हामीले यो आफ्नो सुविधाको लागि गरिरहेको हुन्छौ तर यदि कसैले हाम्रो मोबाइल ट्रयाक गरिरहेको छ भने यसले गर्दा हामी तनाव र असुरक्षित महसुस गर्न सक्छौँ । हाम्रो मोबाइल ह्याकर, पुर्व प्रेमी वा हाम्रो ईर्ष्या गर्ने व्यक्तिले ह्याक वा ट्रयाक गर्न सक्छन् । सुन्दा हास्यसपद लागे पनि यस्तो जो कोही सँग पनि हुन सक्ने सम्भावना हुन्छ । कसैले पनि हाम्रो प्राइभेसिमा आक्रमण गरिरहेका हुन सक्छन् ।

हामीले यस्तो घट्नाको बारेमा धेरै समाचारहरु पक्कै पनि सुनेका छौँ । हामीलाई पत्तो नै नहुने गरी कसैले हाम्रो मोबाइल ट्रयाक गरिरहेको हुन सक्छ । यदि कसैले हाम्रो फोन ट्रयाक गरिरहेको छ भने कसरी थाहा पाउने ? हाम्रो फोन कसैले ट्रयाक गरिरहेको छ भने पहिचान गर्ने यी संकेतबाट पत्ता लगाउन सक्छौ ।

  • यदि हाम्रो मोबाइलले असामान्य रुपमा र हामी आफैले नचलाई पनि टाडा अत्यधिक मात्रामा प्रयोग भई रहेको छ भने हाम्रो फोन कसैले हाम्रो मोबाइलमा भएको जानकारी ट्रान्सफर गर्नको लागि डाटाको प्रयोग भई रहेको हुन सक्छ ।
  • यदि हाम्रो मोबाइल आफै रिबुट भई रहन्छ भने र अचानक बेला बेला आफै रिबुट हुन्छ भने र यदि फोन हामीले नचलाउँदा र फोनको डाटा वा वाइफाई अफ गरेर राख्दा फोनमा अस्वभाविक रुपमा लाइट बल्ने वा आवाज आउँछ भने र मोबाइलमा कल र मेसेज आइरहेको छैन भने कसैले हाम्रो फोन ट्रयाक गरिरहेको छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ ।
  • स्पाइवेयर हाम्रो पछाडी र हामीलाई पत्तो नहुने गरि भई रहेको हुन्छ र ब्याकग्राउन्डमा कसैले हाम्रो फोनको प्रयोग गरि रहेको हुन्छ जसको कारणले गर्दा हामीले फोन नचलाई बस्दा पनि ब्याट्री आफै कम हुने गर्छ । हाम्रो कार्यहरु मोनिटर गर्ने क्रममा ब्याट्रीको धेरै प्रयोग भई रहेको हुन्छ जसको कारणले गर्दा ब्याट्री लो हुने वा तात्ने गर्छ । मोबाइल अफ हुन समय लाग्ने जस्तो संकेत मोबाइलले देखाइ रहेको छ भने यसको मतलब कसैले हाम्रो फोन ट्रयाक गरिरहेको छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ ।
  • हाम्रो फोन स्पाइवेरको कारण इन्फेक्टेट भएको हुन्छ त्यसैले हाम्रो मोबाइलको स्पिड कम भइरहेको हुन्छ र फोनको एक्टिभिटी पनि स्लो भइ रहेको हुन्छ ।
  • कहिलेकाँही हाम्रो मोबाइलमा अनावश्यक अक्षर भएको मेसेज पनि आउन सक्छ स्पाइवेयरहरुले यसप्रकारको मेसेज हाम्रो डिभाइससँग कनेक्ट भइ राख्नको लागि यस्तो मेसेज हाम्रो फोनमा पठाएका हुन्छन् ।
  • हामी कलमा कसैसँग बोलिरहँदा अनावश्यक किसिमको आवाजहरु सुनिरहेको छौँ भने कसैले हाम्रो कल ट्याप गरेको हुन सक्छ । यसप्रकारको कार्य हाम्रो प्राइभेसी र पर्सनल लाइफको लागि जोखिमपुर्ण र असुरक्षित हुन सक्छ ।

यदि यसप्रकारको घट्ना वा संकेत हाम्रो फोनबाट हामीले नोटिस गरिरहेको छौँ भने हामीले यसलाई रोक्न सक्छौँ ।

  • पहिले हामीले आफ्नो मोबाइलमा स्पाइवेर इन्सटल भएको छ कि छैन भनेर चेक गर्नु पर्छ । फोन ट्रयाक गर्ने विभिन्न एपहरु पनि हुन्छन् र ती एप सबै चिनिने खालको हुदेनन् त्यसैले मोबाइलमा भएको कुनै पनि एप माथि शंका लागे राम्रो सँग चेक गर्ने ।
  • यदि तपाई आइोएस प्रयोग गर्नु हुन्छ भने मोबाइलमा भएको सबै डाटाहरु ब्याकअप गरेर राख्ने र अपरेटिङ सिस्टमलाई अपडेट गर्ने । शंका लागेको मोबाइल एप आफ्नो एन्ड्रोइड वा एप्पल फोनबाट डिलिट गरिसके पछि पनि फोनमा शंकास्पद संकेत देखाइ रहेको छ भने फ्याक्ट्री रिसेट गर्नु अति आवश्यक हुन्छ । यो झन्झटिलो त हुन्छ तर यसो गर्दा हाम्रो फोनबाट ट्रयाकरहरुलाई निकाल्न धेरै मद्दत मिल्छ ।
  • फ्याक्ट्री रिसेट गर्ने समयमा मोबाइल अपडेट गर्ने चार्ज पुरा गर्ने र डाटाहरू ब्याकअप पनि गरेर राख्ने र सबै सेटिङहरु रिसेट गर्ने र पासवर्ड पनि परिवर्तन गर्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button