मुख्य समाचारसमाचार

उपराष्ट्रपति पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध

Gobal IME Bank

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ ।

उपराष्ट्रपति पुनलाई उहाँको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकोमा आयोगलाई धन्यवाद दिनुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराउनुभएको थियो । निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल उपस्थित हुनुहुन्थ्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button